ताजा अपडेट

विप्लवको घरमा टाँसियो ७० दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने सूचना

          |   187 Views   |   Published Date : 28th February 2018 |

Biplab-Maobadi

बुटवल, फागुन १६|  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई ७० दिनभित्र जिल्ला अदालत भोजपुरमा हाजिर हुन भन्दै कपिलवस्तु प्रहरीले सूचना टाँसेको छ।

पटकपटक भएका बिष्फोटन र कर्तव्य ज्यानको अभियोगमा भोजपुर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा परेको छ।

मुद्दा भोजपुर परे पनि उनले कपिलवस्तुको शिवराज नगरपालिका– ९ शिवगढी स्थायी र नागरिकता प्रमाणपत्र समेत पाएको प्रमाणका आधारमा अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले उनको घरमा म्याद तामेली टाँसेको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताए।

सूचना टाँस भएपछि नेत्रविक्रम चन्द विप्लव ७० दिनभित्र अदालतमा उपस्थित हुनु पर्नेछ। प्रहरीले उनलाई पक्राउ गर्न देशैभरि सर्कुलर पनि जारी गरेको छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१