ताजा अपडेट

दाङमा पनि ३६ औँ मगर दिवस मनाइयो

          |   258 Views   |   Published Date : 28th February 2018 |

aaacbc

प्रेम राम्जा घोराही, १५ फागुन । मगरात अधिकारका लागि मगर दिवस मनाउँदै आएको दाङको घोराहीमा भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाल मगर संघ दाङको आयोजनामा भएको ३६ औँ मगर दिवसका अबसरमा मंगलबार भएको कार्यक्रममा बोल्ने मगर नेताहरुले यस्तो बताएका हुन् ।


मगर समुदाय बिगतदेखि राज्यका हरेक निकायबाट थिचोमिचोमा परेको दुखेसो पोख्दै बक्ताहरुले अझैसम्म पनि मगर समुदायलाई राज्यले सम्बोधन गर्न नसकेको बताएका थिए । संविधान मार्फत् मगर समुदायलाई केही सम्बोधन गरे जस्तो गरेको भन्दै उनीहरुले अधिकार सम्पन्न हुनका लागि राज्यलाई ध्यानाकर्षण गराउन तर्फ लाग्न आग्रह गरेका थिए ।

नेपाल मगर संघ दाङका अध्यक्ष सितलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल मगर संघका सल्लाहकार रामचन्द्र थापाले राज्य र समाजका जिम्मेवार ब्यक्तिका कारण मगर समुदायले विकास गर्न नसकेको बताउनुभएको थियो । राज्यले बैधानिक रुपमा मगर समुदायको हित र अधिकारका लागि संपविधानलाई हेरफेर गर्नुपर्ने बताउनुभएको थियो ।

त्यस अबसरमा जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्ती मगर, नेपाल मगर संघ दाङका सस्थापक सहसचिव लुमाकान्त कवर मगर, पुर्व अध्यक्ष जितबहादुर बुढा, सल्लाहकार किर्तीमान पुन, नेपाल मगर विद्यार्थी संघका सस्थापक उपाध्यक्ष ठाकुर रोका, नेपाल मगर पत्रकार संघका केन्द्रीय सदस्य प्रेमबहादुर राम्जा, केशबहादुर घर्ती, रामकुमार घर्ती मगरले बोल्नुभएको थियो ।

नेपाल मगर संघका जिल्ला कोषाध्यक्ष खलुप्रसाद पुन मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा मगर कलाकारहरुले साँस्कृतिक प्रस्तुती राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिब डिल्लीबहादुर घर्ती मगरले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१