सलमानको नेपालमा हुने कार्यक्रम रोक्न विप्लव समूहले दियो यस्तो चेतावनी (विज्ञप्तिसहित)
नेकपा निकट अखिलन नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको स्भाविमान रक्षााका निम्ति पनि उक्त कार्यक्रम रोक्नुपर्ने जिकिर गरेका छन् ।
‘
नेपालको स्वाभिमानको रक्षार्थ पनि सलमान खानसहित भारतीय कालाकारको नेपालमा हुने भनिएको कार्यक्रम रोक्न अनिवार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘रक्सीको प्रमोशनका लागि दशौं हजारको टिकट बेचेर कार्यक्रम गर्ने कुरा हामीलाई सर्वथा अमान्य छ, नेपाली कालाकारहरूलाई उपेक्षा गरेर विदेशीलाई करोडौं तिरेर राजधानीको मुटुमा नचाउने कुरा झन अमान्य छ ।’
जबर्जस्ती गर्न खोजे उत्पन्न परिस्थितिको जिम्मा सम्बन्धित पक्षले नै लिनुपर्ने महासंघको चेतावनी छ । ‘जबर्जस्ती गर्न खोजे, अन्यथारूपमा लिइए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने कुरा पनि हामी यसै विज्ञप्तिमार्फत स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
यही फागुन २६ गते बलिउड सुपरस्टार सलमान खानको उपस्थितिमा सैनिक मञ्च टुंडिखेलमा कार्यक्रम हुँदैछ ।



Leave a comment