ताजा अपडेट

संयुक्त राष्ट्रसँगको सहमतिपछि पनि सिरियामा हमला जारी, हालसम्म ५२७ को मृत्यु

          |   386 Views   |   Published Date : 27th February 2018 |

1718142444Siriya

एजेन्सी । सिरियाली राष्ट्रपति बसर अल अस्सदको सेनाले पूर्वीय गोटामा विद्रोहीहरुमाथि एक हप्तासम्म लगातार गरेको आक्रमणमा अहिलेसम्म ५०० भन्दा बढी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् ,जसमा १०० भन्दा धेरै बालबालिकाहरु रहेको बताइएको छ ।

त्यसकारण यस भयानक मानव संकटको अन्त्यका लागि शनिबार देखि नै संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले ३० दिनका लागि युद्धविराम गराउन अपील गरेको हो । यसै मुद्दामा सिरियाले आइतबार सहमति जनाएको भएपनि सो स्थानमा अझै बमबारी नरोकिएपछि अन्तराष्ट्रिय समुदायले चिन्ता व्यक्त गरिरहेको डेलीमेलले बताएको छ ।

गृहयुद्धका कारण भयानक हिंसा मच्चिएपछि विश्वव्यापी रुपमा अहिले सिरियाली सरकारको आलोचना भइरहेको छ । त्यसैले सर्वसाधारण माथिको हिंसालाई अन्त्य गर्न माग गर्दै संयुक्त राष्ट्र संघले सहयोगका साधनहरु पुर्याउन भएपनि ३० दिनका लागि युद्धविरमको माग राखेको थियो । यसबारेमा आइतबार सहमति भइसकेपनि सेनाले अझै आक्रमण नरोकाएको बताइएको छ । संयुक्त राष्ट्र संघको यस अपीलपछि सिरियाली संकट केही कम हुने अपेक्षा गरिएको थियो तर यसलाई लागू गराउन अझै निकै कठिन भइरहेको बताइएको छ ।

यसबारेमा सिरियाको सबैभन्दा ठूलो सहयागी राष्ट्र रुससँग पनि आइतबार जर्मनकी चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले फोनवार्ता गरेका हुन् । दुवै देशले पुटिनसमक्ष सो लडाईलाई रोेक्न सिरियामाथि सक्दो दबाब दिन अनुरोध गरेको बताइएको छ ।

तर यता अन्तराष्ट्रिय समुदायको लगातार कोशिशका बावजुद आइतबार पनि सो क्षेत्रमा बमको आवाज सुन्न सकिने शहरका स्थानीय पत्रकारले जानकारी गराएका हुन् । प्राप्त जानकारी अनुसार आइतबार मात्र सो क्षेत्रमा मद्दतका लागि पुगेका ७ अधिकारीहरुको मृत्यु भएपछि अहिले मृतकको सङ्ख्या ५२७ पुगिसकेको बताइएको छ जसमा १२९ बालबालिकाहरु रहेको बताइएको छ ।

करिब चार लाख मानिसहरुको वासस्थान रहेको पूर्वीय गोटा शहर अहिले पूर्ण रुपमा क्षतिग्रस्त बन्न पुगेको छ । आतङ्ककारी समूह अलकायदा विरुद्ध सिरियाली सेनाले पछिल्लो हप्तादेखि लगातार हमला गरिरहँदा सर्वसाधारण सबैभन्दा ठूलो संकटमा परेका हुन् । यस खबरप्रति सिरियाली सरकार र सेनाले कुनै प्रतिक्रिया दिएका छैनन् ।

उता राजधानी डम्यासकसको नजिकै भएको रासायनिक बम हमलाबाट पनि एक बालकको मृत्यु भएको अमेरिकन मेडिकल सोसाइटीले खबर गरेको छ । पछिल्लो हप्ताको तुलनामा अहिले बमबारी केही कम भएको बताइएपनि आइतबार थप आठजनाको मृत्यु भएको बताइएको छ जसमध्यये ३ बालबालिका रहेका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१