विद्यार्थीले गरे विद्युतिय यन्त्रहरुको प्रर्दशनी
विद्यालयको प्राविधिक शिक्षा तर्फ डिप्लोमा तेस्रो वर्षमा अध्ययन गर्ने बसन्त वलीले आविस्कार गरेका ४० बढि विद्युतीय उपकरण तथा यन्त्रहरु सबैलाई देखाईएको हो । लामो समय देखि प्राविधिक शिक्षामा जोड दिदै आएको विद्यालयमा अध्ययन गर्ने वलीले मानव जीवनमा आबस्यक पर्ने ४० भन्दा बढि विद्युतीय आविस्कार गर्नुभएको हो ।
उहाले घर देखि टाढा रहँदा पनि घरमा राईसकुकरबाट खाना पकाउन सकिने, मोटरबाट पानी भर्न सकिने, फ्रिज चलाउन सकिने यन्त्रहरु पत्ता लगाउनु भएको छ । मोबाईलको माध्यमबाट घरबाट बाहिर रहे पनि घरमा काम गर्न सकिने यन्त्रहरु रहेको वलीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालय घोराही शाखाका बासुदेव रिजालको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको विशिष्ठ आतिथ्यतामा पत्रकार सम्मेलन भएको हो ।
कार्यक्रममा सहभागीहरुले अब प्राविधिक शिक्षालाई हरेक विद्यालयहरुले जोड दिनुपर्ने बताएका थिए । प्राविधिक शिक्षा अहिलेको आबस्यक रहेको भन्दै प्राविधिक शिक्षाले विद्यार्थीहरुको क्षमताको विकास गर्दै उनिहरुलाई बजारमा विक्न सक्ने बनाउने बताएका थिए । पत्रकार सम्मेलनको सहजीकरण शिक्षक कमल वलीले गर्नुभएको थियो ।


Leave a comment