ताजा अपडेट

राजेन्द्र खड्गीलाई मानव बेचबिखन मुद्दा

          |   188 Views   |   Published Date : 27th February 2018 |

651306205rajendra.

काठमाडौं– कलाकार राजेन्द्र खड्गी मुछिएको मानवतस्करी मुद्दामा कोरियन नागरिकहरुको समेत संलग्नता भेटिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले यसका लागि कोरियन प्रहरीसँगको सहकार्यमा अनुसन्धान गर्ने भएको छ।

फिल्मको सुटिङका लागि भनेर दूतावासबाट भिसा लिएर दक्षिण कोरिया गएका युवाहरु उतै बेपत्ता भएपछि काठमाडौंस्थित दक्षिण कोरियन दूतावासले प्रहरीमा जाहेरी दिएको थियो। सोही आधारमा सिआइबीले खड्गीलाई माघ २५ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

खड्गीले कोरिया गएका युवाहरु नफर्किए आफू जिम्मेवार हुने भन्दै दूतावासमा कागज गरेका थिए। सोही आधारमा सिआइबीले उनलाई पक्राउ गरेको हो।

सिआइबी स्रोतका अनुसार खड्गीले एक नेपाली र दुई कोरियन नागरिकको नाम लिएका छन्। हाल दक्षिण कोरियामै रहेका खड्गीका साथी नेत्रबहादुर रानाले मानवतस्करीमा सघाएका थिए। उनी लगायत कोरियनलाई पक्राउ गर्न सिआइबीले इन्टरपोलमार्फत कोरियन प्रहरीसँग अनुरोध गरेको हो।

त्यस्तै अन्य दुई जना कोरियनको नामसमेत खुलेको छ। ती कोरियनहरु नेपाल आएका थिए। कोरियामा भागेका नेपालीहरुलाई त्यहाँको प्रहरीले खोजी गरिरहेको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१