ताजा अपडेट

ट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा एकको मृत्यु

          |   134 Views   |   Published Date : 27th February 2018 |

 पोखरा, फागुन १५ | पोखरा लेखनाथ महानगरपालिका ३० पावर हाउस चोक नजिकै पैदल यात्रुलाई ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

तनहुँबाट पोखरातर्फ आउँदै गरेको ना २ ख ३६६९ नम्बरको ट्रकले रुकुम घर भई हाल पोखरा लेखनाथ महानगरपालिका ३२ खुदीखोलामा बस्ने ३६ वर्षिय जीतबहादुर पुनलाई ठक्कर दिँदा मुत्यु भएको हो।

घाइते भएका पुनको उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल  पोखरा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले  ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१