ताजा अपडेट

जिल्ला समन्वय समितिको रोडमा सरसफाई

          |   130 Views   |   Published Date : 27th February 2018 |

aaabsdc

दाङ, फागुन १५ । घोराही उपमहानगरपालिकाले जारी राखेको पाक्षिक सरसफाई कार्यक्रम अन्तरगत मंगलबार जिल्ला समन्वय समितिको रोडमा सरसफाई गरेको छ । जिल्ला प्रशासन कार्यालय देखी शहिद गेट सम्मको सडक छेउछाउमा सरसफाई गरिएको हो ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, उपमेयर सीता न्यौपाने, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल लगाएतको नेतृत्वमा विभिन्न व्यक्तिहरु सहभागितामा सरसफाई गरिएको हो । ११ दिन चलेको महोत्सवका बेला भएका फोहोरहरुलाई पाक्षिक अभियानका क्रममा सरसफाई गरिएको हो ।

सरसफाईलाई प्रतिष्ठान सँग जोडिएको भन्दै नगर प्रमुख चौधरीले अभियानका क्रममा आफुले गरेको फोहोरका संकलन र व्यवस्थामा स्वयम व्यक्तिहरुले नै ध्यान दिनुपर्ने बताउनुभएको छ । आफुले फोहोर गर्ने तर अरुले नै सरसफाई गरिदिओस भन्ने भाबना व्यक्तिहरुका देखिएको भन्दै नगर प्रमुख चौधरीले आफुले गरेको फोहोरको व्यवस्थापन आफैले गर्नुपर्ने बताउनुभएको हो ।

फोहोर मैला व्यवस्थान कार्यबिधी अनुसार आफुहरु अघि बढ्ने तयारी गरेको समेत उहाँले नगरबासीहरुलाई जानकारी दिनुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१