ताजा अपडेट

घोराहीमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु

          |   831 Views   |   Published Date : 27th February 2018 |

nepali

दाङ, फागुन १५ । दाङको घोराहीमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । तुलसीपुरको यातायात व्यवस्था कार्यालयमा कार्यरत नायव सुब्बा हरिबहादुर नेपालीको घोराहीमा मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार तुलसीपुरवाट घोराही तर्फ रा ३ प ८७७३ नम्वरको मोटरसाईलकमा जाँदै गरेका नेपालीलाई घोराहीवाट तुलसीपुरवाट जाँदै गरेको ना ६ ख ६२० नम्बरको ट्रकले ठक्कर दिएको र पछाडिवाट रा १ त ८३५ नम्वरको ट्रेक्टरले च्यापेको हो ।

नेपालीको घटनास्थलमै मृत्यु भएको छ । अन्दाजी ४५ बर्षीय नेपाली रुकुमको मुसिकोट नगरपालिका वडा नं. ४ घरभई केहि समय देखि यातायात व्यवस्था कार्यालय राप्तीमा कार्यारत हुनुहुन्थ्यो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१