ताजा अपडेट

घुस लिँदै गर्दा फार्मेसी निरीक्षक पक्राउ

          |   225 Views   |   Published Date : 27th February 2018 |

aresd

बाँके- अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय कोहलपुरले औषधि ब्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका एक कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको छ।

आयोग कार्यालयले नेपालगन्जको एक रेष्टुरेन्टबाट घुस लिदै गरेको अवस्थामा फार्मेसी निरीक्षक पुष्प राना क्षेत्रीलाई पक्राउ गरेको हो। आयोग टोलीले २८ हजार नगद रुपैयाँसहित क्षेत्रीलाई पक्राउ गरेको छ।

टोलीले मेडिकल संचालकसँग घुस मागेको भन्ने उजुरीको आधारमा अनुसन्धान अगाडि बढाएको थियो। क्षेत्रीले भने आफुलाई ब्यक्तिगत रिसिबीका आधारमा फसाउन खोजिएको दाबी गरेका छन्।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१