ताजा अपडेट

सकियो महोत्सव: १८ करोडको कारोबार र ४ लाख ५० हजार दर्शकद्वारा अवलोकन

          |   263 Views   |   Published Date : 27th February 2018 |

dance-660x330

नवीन अभिलाषी दाङ, फागुन  । १२ दिनदेखि घोराहीमा चलेको महोत्सव सकिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरिय औद्योगीक कृषि प्रदर्शनी २०७४ सोमबार सकिएको हो ।


फागुन ३ गतेदेखि सुरु भएको महोत्सव एकदिन थप गर्दै सोमबार औपचारिक कार्यक्रमको आयोजना गरेर समापन गरिएको हो । २० करोड रुपैयाको आर्थिक कारोबार र ५ लाख दर्शकहरुलाई अवलोकन गराउने उद्देश्यले १२ दिनसम्म सञ्चालन भएको महोत्सव १८ करोड २५ लाखको आर्थिक कारोबार र ४ लाख ५० हजार बढि दर्शकलाई समेट्दै सकिएको आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघले बताएको छ ।

‘ठ्याक्कै आर्थिक मुनाफा भन्दा पनि आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि आयोजना गरिएको महोत्सव हो । यो महोत्सवबाट केहि राम्रा सन्देशहरु प्रवाह भएका छन् । त्यसमा हामी खुुसी र उत्साहित छौं’, मुल आयोजक समितिका अध्यक्ष नारायणप्रसाद भुसालले भन्नुभयो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको महोत्सव समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य अम्मरबहादुर डाँगीले अब प्रत्येक व्यक्ति उद्यमशील नभई समृद्धि नआउने बताउनुभयो । डाँगीले सहरी अर्थतन्त्र र ग्रामीण अर्थतन्त्रको जम्काभेट महोत्सवमा भएको बताउनुभयो । सहरको उपभोक्ता र ग्रामीण उत्पादनको संगम हुनु बहुआयामीक महत्व रहेको बताउनुभयो । प्रमुख अतिथि डाँगीले पाश्चात्य उपभोक्तावादी संस्कृतिले हस्तक्षेप गरिरहेको वर्तमान समयमा यस्ता महोत्सवले हाम्रा मौलिक र सामाजीक संस्कृतिको जर्गेना गर्न सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा ठूलो भुमिका खेलेको बताउनुभयो । उत्पादनको वजारीकरण, कृषि उत्पादनलाई प्रोत्साहन र स्थानीय सीप क्षमता र त्यसको वजारीकरणमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । दाङलाई समृद्ध बनाउन र दाङको विकासमा समेत मिडियाले महत्वपूर्ण भुमिका खेलिरहेको बताउँदै विकास र समृद्धिको अभियानमा सञ्चारमाध्यमहरुले सँगै मिलेर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले महोत्सवले दाङको उद्योग, व्यवसाय कृषि पर्यटन र संस्कृतिको विकासका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । नेपाल उद्योग वाणीज्य महाससंघका केन्द्रीय सदस्य ध्रुवराज श्रेष्ठले महोत्सवले आफ्नो लक्ष्य र उद्देश्य पुरा गरेको बताउँदै महोत्सवलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।
महोत्सव समापन कार्यक्रममा विशिष्ट अतिथि दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, घोराही उपमहानगरपालिकाका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी, नेकपा एमालेका टीकाराम खड्का, नेकपा माओवादी केन्द्रका निर्मल आचार्य, नेपाली काँग्रेसका कमानसिंह भारती, राष्ट्रिय जनमोर्चाका गणेश आचार्यले विकास र परिवर्तनका लागि महोत्सवको भुमिका बढि हुने बताउनु भयो ।
यस्तै नागरिक समाज दाङका सदस्य हरिप्रसाद पाण्डेय, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानप्रसाद आइतबारे, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतलगायतले बोल्नुभएको थियो । कार्यक्रममा महोत्सवमा सहयोग पुर्याउने विभिन्न संघसंस्थालाई सम्मान तथा विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
दाङ जिल्ला उद्योग वाणीज्य संघका वाणीज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको समापन कार्यक्रममा धन्यवाद ज्ञापन उद्योग उपाध्यक्ष वसन्त जोशीले गर्नुभएको थियो, भने कार्यक्रमको सहजीकरण दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव नरेश कार्की र सचिव माया पोख्रेलले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१