ताजा अपडेट

महालक्ष्मी यज्ञ धार्मीक उत्सवमा भक्तजनहरुको भिड

          |   207 Views   |   Published Date : 27th February 2018 |

mahayaghyaa

तुलसीपुर, १५ फागुन । यहाँ सञ्चालन भएको दुःख निवारण महालक्ष्मी यज्ञ धार्मीक उत्सवमा भक्तजनहरुको भिड लाग्ने गरेको छ । धार्मीक महोत्सवमा दैनिक विभिन्न धार्मीक कार्यहरु हुने गरेका छन् ।

यही फागुन १० गते देखि तुलसीपुर स्थीत अरनिको मैदानमा सुरु भएको धार्मीक उत्सवमा दुःख निवारण महालक्ष्मी यन्त्रको कर्ता, पितृमुक्ति पूजाको कर्ता, श्री वृद्धि यन्त्रको कर्ता, १००८ शालिग्राम पूजा परिक्रमा, हुनुका साथै दैनिक ब्रतवन्ध, विवाह, तुलादान ग्रहशान्ति चारासी पूजा लक्ष्य वत्ती , गौदान , व्राहमण भोजन, जोतिष परामर्श हुने गरेका यज्ञका संकल्प कर्ता गोविन्द शरण महराजले जानकारी दिएकाछन् ।

१७ गते सम्म तुलसीपुरमा सञ्चालन हुने दुःख निवारण महालक्ष्मी यज्ञ धार्मीक उत्सवबाट संकलन भएको केही रकमले तुलसीपुर, ५ को श्री जनश्रमिक प्राविमा शौचालय निर्माण सुरु गरेको निर्माण समितिका संयोजक साहित्यकार भावना न्यौपाने (भावनी)ले जानकारी दिएकी छन् ।

विद्यालयमा निर्माण हुन लागेको बाल मैत्री, अपाङ्ग मैत्री सुविधा सम्पन्न शौचालय निर्माणको काम पनि अन्तीम चरणमा पुगेको र १७ गते सम्म निर्माण सम्पन्न गर्ने आयोजकले जनाएको छ । साथै उक्त पुर्नित कार्यक्रममा पुगी एक पटक दर्शन तथा धार्मीक कार्यहरुमा सहभागी हुन आयोजकले सवैलाई अनुरोध समेत गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१