ताजा अपडेट

चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

          |   104 Views   |   Published Date : 27th February 2018 |

aaaiiii काठमाडौँ, फागुन  । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।


राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चार मन्त्रीलाई सोमबार पद तथा गोपनीयताको शपथ दिलाइएको हो । शपथ लिने मन्त्रीमा ईश्वर पोख्रेल, रामबहादुर थापा, मातृका यादव र डा. युवराज खतिवडा हुनुहुन्छ । पोख्रेल रक्षा, थापा गृह, यादव उद्योग, वाणिज्य तथा आपूर्ति र डा. खतिवडा अर्थ मन्त्री बन्नुभएको छ ।


शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता तथा कार्यकर्ता, नेपाल सरकारका कर्मचारी, सञ्चारकर्मीको उपस्थिति थियो । अर्थमन्त्री डा. खतिवडा पहिलोपटक मन्त्री बन्नुभएको हो । यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहनुभएका डा. खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लाग्नुभएको हो ।
त्यस्तै गृहमन्त्री बन्नुभएका थापा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रक्षा मन्त्री हुनुहुन्थ्यो । यस्तै, एमाले महासचिव पोख्रेल यसअघि पनि मन्त्री भइसक्नुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव पनि यसअघि मन्त्री भइसक्नुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१