सिरियामा मानवीयता बम र बारुदको धुँवासंग हार्दै

   काठमाडौं|  मध्यपूर्वको शान्त र समृद्ध मानिएको मुलुक सिरियाले अहिले विश्वको ध्यान तानेको छ ।पश्चिमा शक्ति राष्ट्रहरुको शक्ति प्रदर्शनको कोपभाजनको शिकार बनेको सिरियामा विगत दुई बर्षदेखि निरन्तर जारी युद्दले तीन लाख बढी नागरिकले ज्यान गुमाइ सक्दा लाखौ नागरिक शरणार्थीकोरुपमा पलायन बनेका छन् । मावनीयताको चरम उपहास भएको सिरियामा शान्तिको शंखनादको संकेत पनि देखिएको छैन । सिरियाको विषयलाई लिएर भएका प्रयासहरुको पछि स्वार्थ उभिदा यो मुलुकले युद्दको विभिषिकाबाट आफुलाई कहिले उम्काउने हो ? त्यो अन्यौलको भुमरीमा छ । संयुक्त राष्ट्रसंघ समेत निरीह बन्दा सिरिया निरन्तर युद्दको बाक्लो धुँवा भित्र रुमलिन बाध्य पारिएको छ । किन पर्यो  सिरिया, शक्ति राष्ट्रको चङ्गुलमा ? अहिले सिरिया मुद्दालाई लिएर रुस र अमेरिका सम्मिलित नेटो सैनिक परस्पर विरोधमा छन् । अर्को शक्तिका रुपमा आतंककारी सैन्य दस्ता आइएस छ । रुसको योजना सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्तामा टिकाउने नै हो । तर, अमेरिका कुनै हालतमा सिरियाली राष्ट्रपति असदलाई सत्ताबाट हटाएर आफू अनुकुलको मुलुक बनाउने चाहनामा छ । उस्को ठूलो स्वार्थ सिरियाको अथाह तेल खानीमा गाडिएको छ । अमेरिकालाई बेलायतले साथ दिइरहँदा नेटोमा सम्मिलित अन्य राष्ट्र भने अमेरिकाको कदमको विरोधमा छन् । कुनैबेला सिरियाका राष्ट्रपतिलाई हटाउन सकारात्मक देखिएको फ्रान्स पेरिस हमला भएपछि रुसको साथमा देखिएको छ । नेटो गठबन्धनको अर्को राष्ट्र टर्कीको निसानामा सिरियाली संगठन कुर्द र त्यसलाई … Continue reading सिरियामा मानवीयता बम र बारुदको धुँवासंग हार्दै