काठमाडौं, १४ फागुन — बलिउड अभिनेत्री श्रीदेवीको शनिवार राति कार्डिएक अरेस्टका कारण मृत्यु भएको बताइएको छ । तर उनको मृत्युका सम्बन्धमा अनेकथरी कुरा बाहिर आइरहेका छन् । उनका पति बोनी कपूर उनलाई सरप्राइज दिनका लागि फेरि दुबई पुगेको र उनलाई डिनरमा लग्न खोजेको बताइएको छ । फ्रेश हुनका लागि उनी बाथरूम गएकी थिइन् तर १५ मिनट बित्दा पनि बाहिर निस्किइनन् । पछि बाथरूम खोलेर हेर्दा उनी बाथटबमा लडिरहेको भेटिइन् । अर्को कुराको पनि खुलासा भएको छ । पति र छोरी मुम्बई फर्केपछि श्रीदेवी दुबईको होटलको कोठामा एक्लै थिइन् । मृत्युभन्दा ४८ घन्टाअगाडिसम्म उनी बाहिर पनि निस्केकी थिइनन् । परिवारको एक निकटवर्ती सदस्यलाई उद्धृत गर्दै खलीज टाइम्सले रिपोर्ट गरेअनुसार, बोनी कपूर बिहेमा भाग लिएर मुम्बई फर्किसकेका थिए । तर शनिवार उनी फेरि दुबई फर्किए र साँझ साढे पाँच बजे जुमैरा एमिरेट्स टावर होटल गए । श्रीदेवी त्यहीँ बसेकी थिइन् । बोनी श्रीदेवीलाई सरप्राइज डिनर दिन चाहन्थे । बाथरूम छिरेकी श्रीदेवी धेरै बेर बाहिर नआएपछि बोनीले धक्का दिए ढोका खोले । भित्र हेर्दा श्रीदेवी अचेत अवस्थामा थिइन् । उनलाई तुरुन्तै अस्पताल लगियो । दुबई प्रहरीले होटलको पूरा फ्लोर नै सील गरिदिएको छ र आवश्यक अनुसन्धान गरिरहेको छ । श्रीदेवी, बोनी कपूर र उनीहरूकी कान्छी छोरी खुशी भान्जा मोहित मारवाहको बिहेमा भाग … Continue reading श्रीदेवीको मृत्यु शंकास्पद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed