ताजा अपडेट

दाउरा प्रहार गरेर आफ्नै सम्धीको हत्या

          |   129 Views   |   Published Date : 26th February 2018 |

रुकुम, फागुन १४ । रुकुम पश्चिममा एकजनाले आफ्नै सम्धीलाई दाउरा प्रहार गरेर हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–५ झुल्काडाँगीका ४३ वर्षका खलवीर डाँगीले आफ्नै सम्धी सोही ठाउँका ५५ वर्षका टीकाराम ओलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यही फागुन ९ गते साँझ दुई जनाबीच सामान्य विवाद हुँदा डाँगीले ओलीको टाउकामा दाउरा प्रहार गरेको प्रहरीको भनाइ छ । दाउरा प्रहारबाट गम्भीर घाइते भएका ओलीको उपचारका लागि मेडिकल कलेज, कोहलपुर लगिएको थियो ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिनुभयो । दाउरा प्रहार गर्ने डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१