केन्द्र, प्रदेश र स्थानीय सरकारले अब समृद्धिमा ध्यान दिनुपर्छ

कामकाजी प्रधानमन्त्रीकारुपमा चिनिनु भएका केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ सरकारले लगभग पूर्णता पाएको छ । यसैगरी प्रदेशस्तरमा पनि सरकारहरुले पूर्णता पाउनेक्रम सुरु भएको छ । स्थानीय तहमा जनप्रतिनिधिहरुले काम गर्न थालेको धेरै भइसकेको छ । जेहोस्, संविधान कार्यान्वयनको चरणमा मुलुक पूर्णरुपले प्रवेश गरेको छ । समग्रमा भन्नु पर्दा अब सिंगो मुलुक समृद्धिको दिशातर्फ अगाडी बढेको छ । जनताको आशा र भरोशा अब मुलुकमा समृद्धि हुनेछ भन्ने नै हो । यस अर्थमा भन्नु पर्दा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले विशेष योजना बनाएर मुलुकको समृद्धिका लागि ठोस कामहरु गर्न जरुरी छ । मलुक लामो समयसम्म अधिकारको आन्दोलनमा रुमलियो, जसले गर्दा विकास र समृद्धिले फड्को मार्न सकेन । जनता हिँजोसम्म यही कुरालाई आत्मसात गर्दै बस्न बाध्य थिए । मुलुकले राजनीधिक अधिकारको लडाई पुरा गरि सकेको छ । समृद्धि र विकासको कोर्षमा मुलुक प्रवेश गरेकाले अहिले बनेका सरकारहरु कामकाजी, विकासप्रेमी हुन जरुरी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ महिने साशणकालमा विकासको राम्रो रोलमोडल प्रस्तुत गर्नु भएको थियो । मुलुकको समृद्धिका लागि ओलीले केही गर्न सक्छ भन्ने मान्यता स्थापित बनाएकाले स्थायी सरकारको नेतृत्वमा पुगेका केपी ओलीले अबको केही वर्षमै नेपालको चौतर्फी समृद्धिका लागि काम गर्ने कुरामा सबै आशावादी छन् । केन्द्रीय सरकार कामकाजी भएकाले प्रदेश सरकार र स्थानीय सरकारहरु पनि कामकाजी बन्नेछन् भन्ने … Continue reading केन्द्र, प्रदेश र स्थानीय सरकारले अब समृद्धिमा ध्यान दिनुपर्छ