ताजा अपडेट

बादलको नेतृत्वमा माओवादी आजदेखि सरकारमा

          |   284 Views   |   Published Date : 26th February 2018 |

ram-bahadur_thapa_badal

काठमाडौँ,फाल्गुन १४|  माओवादी नेतृत्वले आफ्ना तर्फबाट मन्त्री बन्नेहरुको अन्तिम सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्। गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा माओवादी मन्त्रीहरु सरकारमा जाने टुंगो लागेको एक माओवादी नेताले देशसञ्चारसँग बताए।

यसअघि माओवादीले लिने निश्चित भएको गृह मन्त्रालयका लागि बादल, बर्षमान पुन र जनार्दन शर्माको नाम अगाडि आए पनि बादल माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्म ओलीको रोजाइमा परेका हुन्।

माओवादीका तर्फबाट अध्यक्ष दाहालकी बुहारी बिना मगरको नाम पनि मन्त्री बन्ने सूचीमा समावेश भएको माओवादीका ती नेताले जानकारी दिए।

बर्षमान पुन पनि माओवादी मन्त्रीको सूचीमा रहेको बुझिएको छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१