ताजा अपडेट

केन्द्र, प्रदेश र स्थानीय सरकारले अब समृद्धिमा ध्यान दिनुपर्छ

          |   230 Views   |   Published Date : 26th February 2018 |

22894543_501999690169020_2704701790234596114_n

कामकाजी प्रधानमन्त्रीकारुपमा चिनिनु भएका केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ सरकारले लगभग पूर्णता पाएको छ । यसैगरी प्रदेशस्तरमा पनि सरकारहरुले पूर्णता पाउनेक्रम सुरु भएको छ । स्थानीय तहमा जनप्रतिनिधिहरुले काम गर्न थालेको धेरै भइसकेको छ ।

जेहोस्, संविधान कार्यान्वयनको चरणमा मुलुक पूर्णरुपले प्रवेश गरेको छ । समग्रमा भन्नु पर्दा अब सिंगो मुलुक समृद्धिको दिशातर्फ अगाडी बढेको छ । जनताको आशा र भरोशा अब मुलुकमा समृद्धि हुनेछ भन्ने नै हो । यस अर्थमा भन्नु पर्दा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले विशेष योजना बनाएर मुलुकको समृद्धिका लागि ठोस कामहरु गर्न जरुरी छ ।

मलुक लामो समयसम्म अधिकारको आन्दोलनमा रुमलियो, जसले गर्दा विकास र समृद्धिले फड्को मार्न सकेन । जनता हिँजोसम्म यही कुरालाई आत्मसात गर्दै बस्न बाध्य थिए । मुलुकले राजनीधिक अधिकारको लडाई पुरा गरि सकेको छ । समृद्धि र विकासको कोर्षमा मुलुक प्रवेश गरेकाले अहिले बनेका सरकारहरु कामकाजी, विकासप्रेमी हुन जरुरी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ९ महिने साशणकालमा विकासको राम्रो रोलमोडल प्रस्तुत गर्नु भएको थियो । मुलुकको समृद्धिका लागि ओलीले केही गर्न सक्छ भन्ने मान्यता स्थापित बनाएकाले स्थायी सरकारको नेतृत्वमा पुगेका केपी ओलीले अबको केही वर्षमै नेपालको चौतर्फी समृद्धिका लागि काम गर्ने कुरामा सबै आशावादी छन् ।

केन्द्रीय सरकार कामकाजी भएकाले प्रदेश सरकार र स्थानीय सरकारहरु पनि कामकाजी बन्नेछन् भन्ने जनविश्वास छ । मुलुकको समृद्धिका लागि तीनै तहका सरकारले युद्धस्तरमा समृद्धिको महाअभियानलाई सार्थक बनाउने किसिमले काम गर्नुपर्नेछ । पाँच नम्वर प्रदेशले पनि समृद्धिको पखाई गरिरहेको छ ।

प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल पनि भिजन भएका नेता भएकाले यो प्रदेशले अन्य प्रदेशलाई विकासको सवालमा उछुन्नेछ भन्ने हाम्रो विश्वास छ । यसका साथै दाङको समृद्धिलाई सार्थक बनाउन यहाँका स्थानीय तहले पनि ठोस कामहरु गर्नेछन्, गर्नुपर्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१