ताजा अपडेट

मन्त्री केसीले भन्नुभयो : ‘प्रहरीले कुनै पनि काम चुस्त दुरुस्त गर्नुपर्छ’

          |   149 Views   |   Published Date : 25th February 2018 |

kanun-mantri-660x330

शिवु खनाल, दाङ, फागुन । प्रदेशनम्वर पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले वडा प्रहरी कार्यालय लमहीको निरिक्षण गर्नु भएको छ । कानुन मन्त्री केसी र सह सचिव प्रेम भट्टराईले शनिबार वडा प्रहरी कार्यालयको निरीक्षण गर्नु भएको हो ।

कानुन मन्त्री केसीले कार्यालय परिसर, कार्यालय व्यवस्थापन, सवारी साधानको निरिक्षण गर्नुभएको हो । ‘प्रहरीले कुनै पनि काम चुस्त दुरुस्त गर्नुपर्छ’, मन्त्री केसीले भन्नुभयो, ‘मैले यहाँहरुको कामको राम्रोसँग मूल्याङ्कन गर्नेछु । सुरक्षामा कमी कमजोरी भए अनेकौं किसिमका घटना, अपराध हुन सक्छन् । यो कुरालाई कहिले पनि नभुल्नुहोला ।’

उक्त अवसरमा वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले लमहीको शान्ति सुरक्षामा कुनै कमी कमजोरी नभएको बताउनु भयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१