ताजा अपडेट

माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

          |   143 Views   |   Published Date : 25th February 2018 |

राजविराज, फागुन १३ । सप्तरीको कञ्चनरुप नगरपालिका–६, क्वाटर मलेठमा आइतबार माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सप्तरीकै फत्तेपुरबाट कन्चनरुपतर्फ जाँदै गरेको को३१प ३३५० नम्बरको मोटरसाइकललाई बा४ख ८२४८ नम्बरको माइक्रो बसले बिहान ८ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका–१ का २६ वर्षीय राजेश कुमार साहको अञ्चल अस्पताल राजविराजमा सबा ८ बजे मृत्यु भएको हो ।

त्यस्तै, पछाडि सवार सुनसरीको इनरुवा नगरपालिका–२ का २७ वर्षीय दिलिप कुमार साहको भने न्यूरो अस्प्ताल विराटनगरमा मृत्यु भएको हो ।

ठक्कर दिने माइक्रोसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१