ताजा अपडेट

दमकमा एक युवकमाथि खुकुरी प्रहार, २ जना पक्राउ

          |   353 Views   |   Published Date : 25th February 2018 |

khukuri-prahar

विराटनगर– झापाको दमक बसपार्कमा एक युवकमाथि खुकुरी प्रहार भएको छ। खुकुरी हान्ने ३ मध्ये २ जना पक्राउ परेका छन्।

बसपार्कमा बसिरहेका दमक नगरपालिका ७ का विजु सुब्बामाथि शनिबार दिउँसो खुकुरी प्रहार भएको हो। घटनामा घाइते भएका सुब्बाको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको छ।

खुकुरी हानेर भाग्दै गरेका दमक ८ का राजेश लिम्बु र राम दर्जी पक्राउ परेको र सुनसरीको इटहरीका विवेक राई फरार भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

सुब्बालाई तीनै जना मिलेर खुकुरी प्रहार गरेको भए पनि घटना के कारणले भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१