ताजा अपडेट

ट्रिपरको ठक्करबाट स्कुल हिँडेका किशोरको मृत्यु

          |   498 Views   |   Published Date : 25th February 2018 |

 sdfsff

   काभ्रे,  फागुन १३। टि्रपरको ठक्करबाट बनेपा नगरपालिका-४ नालामा एक किशोरको मृत्यु भएको छ ।

बा ४ ख ६६०३ नम्बरको टि्रपरको ठक्करबाट बनेपातर्फ आउँदै गरेका बा १५ प ८३६३ नम्बरको मोटरसाइकल चालक बनेपा – १ का १४ वर्षीय अमिर पाण्डेको मृत्यु  भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । उनलाई बनेपाको शीर मेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहले बताए ।

पाण्डे बनेपास्थित ज्ञानकुञ्ज उच्च माध्यामिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१