ताजा अपडेट

घोराहीमा लाहुरेले धमाका मच्चाउने

          |   649 Views   |   Published Date : 25th February 2018 |

28383761_893385614201219_101976930_n

 दीपक जी.एम दांग,फागुन १३ । राप्ती अञ्चलमा पहिलो पटक चर्चित पप तथा रयाप गायक लाहुरे उर्फ आशिष रानाको बेजोड प्रस्तुती प्रस्तुती हुने भएको छ।

शिवशक्ति युवा क्लबको आयोजनामा हुन लागेको उक्त कार्यक्रम तेरौटे स्थीत वृद्धाश्रम सहयोगार्थको लागी गर्न लागेको क्लबका उपसचिव दीपेन्द्र शाहले बताउनु भयो । साथै दांगमा विभिन्न कार्यक्रमहरु भईरहेका हुन्छन तर हामी केही फरक ढंगले कार्यक्रम प्रस्तुत गर्ने छौ र टिकट बिक्री वितरण बाट आएको सम्पुर्ण र कलेक्सन वृद्धाश्रमलाई सहयोग गर्ने बताउनु भयो ।

फागुन २२ गते घोराहीको कर्मचारी मिलनकेन्द्रमा हुन लागेको सांगीतिक कार्यक्रममा पोखरा निवासी प्रख्यात रयाप गायक लाहुरे सँगै मोडल रुबिना अधिकारी,हास्य कलाकार कमल गाउँले,छमछमी रनर अपहरु र डिजेको विशेष प्रस्तुती रहने छ ।

सांगीतिक कार्यक्रममा टिकट दर रु. ४०० राखिएको र विशेष सहयोग गर्ने महानुभावहरुका लागी भीआइपी पास र पेय पदार्थको व्यवस्था रहेको र नेपालमा मात्र नभई बिदेशमा पनी लाहुरेको चर्चा परिचर्चा निकै रहेको हुँदा अहिलेको युवा पिद्दीलाई मध्यनजर गरी दाङमा लाहुरेलाई भित्र्याउन लागेको आयोजकले बताए |

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१