ताजा अपडेट

अबसर र चुनौतीसँगै बढेको राजनीतिक यात्रा

          |   139 Views   |   Published Date : 25th February 2018 |

नारायणप्रसाद श्रेष्ठ

Narayan-Parshad-Shrestha

नेपालको संविधान २०७२ ले परिकल्पना गरेको लोकतान्त्रिक संघीय साशन प्रणालीले भर्खरै सार्थकता प्राप्त गरेको अवस्था छ । देशमा तीन तहको स्थानीय, प्रदेश र संघीय प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई तत्तत् स्थानमा जनप्रतिनिधिमुलक साशन व्यवस्थाले मूर्तरुप लिन लागेको अवस्था छ ।

जनताद्वारा चुनिएका जनप्रतिनिधिहरुबाट देशको सुशासन सञ्चालन हुँदै गरेको अवस्था छ । यही फागुण तीन गते जनताद्वारा अनुमोदित पार्टीका प्रतिनिधिले नेपाल सरकारको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री पदमा सफथ लिइ काम सुरु गरेको अवस्था छ । संघीय प्रतिनिधिसभाबाट छानिने परम्परामा फेरबदल भई राज्य संरचनाले खोजिएको सभामुख राष्ट्रपति, उपराष्ट्रपति जस्ता महत्वपूर्ण पदहरु निर्वाचन गर्ने प्रक्रियामा सरकारी अंग तरखरमा छ ।

यसरी हिँजो जुन परिवेशमा राजनीतिक परिदृश्यले राज्य सञ्चालन भएको र छनौंट प्रक्रिया भएको थियो, आज त्यस्तो अवस्था नभई नयाँपन देखा परेको छ । राज्यको संरचनादेखि सामाजिक, आर्थिक र राजनीतिक स्थिरताको लागि राज्य सम्यन्त्र लागि पर्नुपर्ने अवस्था छ । यसले एकातिर राज्य सञ्चालन र निर्माण प्रक्रियामा फरक अनुभूति भएको छ भने अर्को तर्फ रचनात्मक कार्य र आर्थिक विकासका पूर्वाधार कसरी विकसित गर्ने तथा सकारात्मक राजनीतिक चिन्तन कसरी बढाउने भन्ने जिम्मेवारी पनि वोध गराउँदै गरेको अवस्था छ ।

पुरानो राजनीतिक परिदृश्य बदलिई वर्तमान राजनीतिक परिदृश्य नयाँ चिराबाट बढि रहेको छ । देशलाई कसरी सक्षम र सम्मुन्नत अवस्थामा लैजाने तथा प्रदेशस्तरीय राजनीतिक स्थिरता कायम गरी विकासका पूर्वाधारहरु निर्माण गर्ने भन्ने यक्षप्रश्नको समाधान अब खोजिदैछ । अबको समय भनेको समस्या समाधानको उपाए सुझाउने अवस्था हो ।

तर यस बेला विचारमा विविधता देखा पर्न सक्छ । राजनीतिक इच्छाशक्ति र दृष्टिकोणमा नयाँ विचारधाराहरु सलबलाउन सक्छन् । मैले र हाम्रो पार्टीले जे गरेको छ, त्यतिपनि यसले गर्न सक्दैन भनि टिकाटिप्पणी पनि हुने अवस्था छ । राजनीतिक फाइदा लिने चेष्टाले विभिन्न दाउँपेजभित्रको विचार प्रवाह हुने अवस्था पनि देखा पर्न सक्छ ।

राजनीतिक तरलता अब छैन भनि एकैदृष्टिले राष्ट्रिय चिन्तन गर्नुपर्ने अवस्थामा यो र उको राजनीतिक दाउँपेज बढाई यो र मको राजनीतिक संस्कारले वर्तमानलाई धमिल्याउने परिस्थिति पनि जन्मन सक्छ । खुट्टातान्ने प्रवृत्तिभित्र बाँचेका राजनीज्ञहरुबीच एकअर्काको खुट्टा तानातान गर्ने अवस्था न आउला भन्न सकिन्न ।

राष्ट्रिय स्वार्थ भन्दा व्यक्तिगत र वर्र्गीय स्वार्थतिर राजनीतिज्ञको ध्यान आकृष्ट हुन सक्छ । किन भने नानीको वच्चाको बानी बदल्न र त्यस बानीलाई सच्चाउन जसरी ठूलै समस्याको समाधान गर्नुपरेको हुन्छ, त्यस्तो अवस्था नआउँला भन्न सकिन्न । किन भने नेपालको राजनीतिक धरातल अरुबाट निर्देशित भएकोल अरुको बहकाव र निर्देशनमा परिचालन हुँदा कुनै पनि घटना घट्न र राष्ट्रियता कमजोर हुने अवस्था पनि आउन सक्छ ।

भर्खर मात्र तंग्रीएको राजनीतिक परिदृश्यले समाधानको बाटो नसमाए झन तरंगीने स्थिति पनि आउन सक्छ । फुटाउ र राजगर भन्ने मानषिकता रहेका नेतृत्वपंक्तिमा सकारात्मक भन्दा नकारात्मक प्रवृत्ती जागृत हुने सम्भावना पनि बढि छ । किन भने हिँजो जुन अवस्थामा नेपालको राजनीतिक ऋंखलाले राजनीतिक सोँच र विकासको ढोका उघारेको छ, त्यो स्थिति र वर्तमान राजनीतिक अवस्था फरक रहेको छ ।
राजनीतिमा राम्रा, नराम्रा, दुबै किसिमका गतिविधिहरु भइरहने र परिस्थिति अनुकूल क्षणभरमै कुनै पनि परिस्थितिले जन्म लिने स्थिति हुँदा यस्तै भैहाल्छ भन्ने स्थिति छैन । आजसम्मको अवस्थालाई मूल्यांकन गर्ने हो भने एकादकालमा बाहेक राष्ट्रिय चिन्तन् मनन् गर्ने
विचारको खडेरी जस्तो पनि देखिने अवस्था छ ।
आफूलाई मनपरेको व्यक्ति र पदले गरेको सबै राम्रा र अरुले गरेको राम्रा कार्य पनि नराम्रो छ भनि आक्षेप लगाउने विचार पनि सम्प्रेषण हुन थालि सकेका छन् । वर्तमानमा विरोधको मानषिकताले राम्रो पनि नराम्रो भइरहेको अवस्थामा यस्तो हुँदैन भन्ने ग्यारैन्टी पनि छैन । तसर्थ वर्तमान अवस्थामा आएको परिवर्तित राजनीतिक अवस्थामा यी र यस्ता गतिविधि पूर्ण नदोहोरिएला भन्न नसकिने भएकाले यस तर्फ चिन्तन बढ्न जरुरी छ । किनकी प्रतिशोधको भावनाले विचारमा भिन्नता आउनु भनेको वास्तवमा राष्ट्रिय चिन्तन् कमजोर हुनुहो ।
विगत केही समय देखिको राजनीतिक पृष्ठभूमिलाई हेर्दा यस्ता अवाञ्छित विचारहरु फेरि नदोहोरिएला भन्न सकिन्न । साथै विचारको विविधता र स्वार्थपरक राजनीतिक सोँचले वर्तमानमा सफलता उन्मूख संघीयता माथि नै प्रश्न चिन्ह नउठ्ला भन्न सकिदैन । किनभने नेपाली राजनीतिज्ञहरुको आनिबानी हेर्दा त्यस्तो हुन सक्दैन भन्ने आधार पनि कमजोर छ । हिँजो राज्यको ढुकुटीलाई पेवा ठानी मन लागेको गर्न पल्किएका छदमभेषी राजनीतिज्ञले जनता माझ मुते न्यानो हुने गरी आफू निष्कलंकित छु भनि ओकालत गरेको हामीले प्रष्ट देखेका छौं । आफ्नो सोँच र भिजनलाई प्रस्तुत हुनुको साटो अरुले देखाएको बाटोमा मैले यस्तो र उस्तो गरेभनि समस्या थुपार्ने राजनीतिज्ञ यहाँ धेरैछन् । त्यतिमात्र होइन, विचारलाई रकममा सटाई गर्ने प्रवृत्तिपनि राजनीतिज्ञमा नदेखिएका होइनन् ।

तसर्थ यस्तो जटिल परिस्थितिमा संघीय साशणप्रणालीले कसरी सार्थकता प्राप्त गर्न सक्छ ? त्यस तर्फ अब सचेत नेपाली राजनीतिज्ञको ध्यान जान जरुरी छ । लादिएको विचार भन्दा नयाँ र स्फूर्तमा आउने विचार र प्रतिभालाई उजागरगरी राजनीतिलाई साँघुरो घेराभित्र होइन, जनताको अभिमतको उच्च मूल्यांकन गर्दै अस्पष्ट दिशानिर्देशन गर्नु परेको छ । हिँजो अर्थ विज्ञले आर्थिक अवस्था कमजोर भएको मूल्यांकन गर्दागर्दै पनि राज्यको ढुकुटिमा जथाभावि गर्न खोज्ने चिन्तक झँै फेरिपनि वर्तमान नेतृत्व लागेमा यो भन्दा दुर्भाग्य नेपालको लागि अरु केही हुने छैन ।

सटही प्रवृत्ति अहिले सुहाउँदैन, वर्तमान समयमा राज्यको संरचनालाई नयाँ सिराहबाट नलैजाने हो भने नेपाल हाम्रो होइन, अरुको इशाराबाट चल्ने हुन सक्छ । अहिले नेपालको राजनीतिक यात्रा कठिन मोढमा छ । राजनीतिकबाट थोरैमात्र गलत चिन्तन् र बाटो समाइयो भने यसले अर्कैरुप लिन सक्छ । हिँजो राजनीतिक आचारसंहिता उलंघन भएका धेरै उदाहरण छन् । तसर्थ यस्तो जटिल परिस्थितिभित्र निर्माण भएको नयाँ सरकारलाई थुप्रैचुनौतीहरु छन् ।

विरोधको राजनीति हिँजैदेखि सलबलाई रहेका छन् । आफ्नो आङमा भैसि हिँडेको नदेख्ने अरुको आङमा जुम्रा हिँडेको देख्ने राजनीतकि प्रवृत्ती देखा पर्न थालेको छ । अन्तर्राष्ट्रिय जगतमा पनि वामपन्थी बिजयले नयाँ तरंग उत्पन्न गराएको छ । त्यसैले यस अवस्थामा कौवाले कान लग्यो भनि कौवापछि दगुर्नु भन्दा आफूसँग भएको क्षमता र प्रतिभालाई सदुपयोग गरी चुनौतीलाई अबसरको रुपमा प्रयोग गर्नुपरेको छ ।

अहिले फूलमा भएको काँडा देखि टाढा भाग्नु भन्दा यसको वास्तविकता अनुभूति गर्नेगरी यसको सुगन्धलाई प्रयोग गर्नुपरेको छ । नम्रता र पबित्रताको माध्यम आफूले वचनबद्ध गरेका कुरामा दुरदर्शीचिन्तन बढाई पारदर्शी चरित्र पर्दशन गर्नुपरेको छ । आबेग र उत्तेजनालाई बसमा राखि असल आचारण र व्यवहारबाट असल संस्कृतिको जग बसाल्नुपरेको छ ।

विश्वास र इमान्दारिपूर्वक आफ्ना विचार र भावनालाई अझ परिस्कृत गर्दै शंका भए अनुमानको भरमा इश्र्या नगरी अहंकारलाई परित्याग गरी सकारात्मक चिन्तनका साथ सुशासन र विकासको पूर्वाधार निर्माणमा आफूलाई प्रस्तुत गर्नुपरेको छ। यो अहिलेको अवश्यकता हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१