ताजा अपडेट

रमेशराजले गाए एउटै गीत चार पटक

          |   252 Views   |   Published Date : 24th February 2018 |

ramesh-660x330नवीन अभिलाषी

दाङ, फागुन  । घोराहीमा आयोजना गरेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी २०७४ मा सास्कृतिक कार्यक्रमहरु मुख्य आकर्षणको केन्द्र बनेको छ । धेरै दर्शकहरु आफ्ना मन पर्ने कलाकारहरु संग नाँच्न र रमाईलो गर्न महोत्सब पुग्ने गरेका छन ।


दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सबको नवौ दिन सम्म आईपुग्दा दुई दर्जन भन्दा बढि केन्द्रबाट आएका कलाकारहरुले आफ्नो प्रस्तुती राखेका छन ।

विभिन्न विधा र क्षेत्रका कलाकारहरुसंग दाङ घोराहीका दर्शक तथा फ्यानहरुले रमाईलो गर्ने गरेका छन । शुक्रबार महोत्सबका अतिथी कलाकारहरुको आएका पशुपती शर्मा, रमेशराज भट्टराई, संझना लामीछाने मगर, सन्दीप न्यौपाने, विन्दु परियार, डीला वि क, स्मृती तीमील्सेना, ज्ञानेन्द्र स्वंर्णकार, शरद समिप, उमा गिरी, रामसिंह विश्वकर्मा लगाएतले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरे ।
नेपाली लोकदोहोरी गीतका चर्चित गायक, शब्द संकलक पशुपति शर्माले दर्शकहरुलाई नचाँए । शर्माले आफ्ना चर्चित गीतहरु सुनाएका थिए भने सम्झना लामिछाने मगरसंग दोहोरी गाएका थिए । यस्तै सुगम संगीतका चर्चित गायकको रुपमाछवि बनाएका रमेशराज भट्टराईले आफ्ना चर्चित गीतहरु गाए । पछिल्लो पटक बजारमा आएको बेहुला बनाउछु भन्थी बहुला बनाएर गई बोलको गीत ४ पटक सम्म गएका थिए । दर्शकहरुले फेरि फेरि गाउँन आग्रह गरे पछि भट्टराईले सो गीत ४ पटक सम्म गाएका थिए ।
शुक्रबार साँझ सम्म दर्शकहरु रमाईलो गर्दै महोत्सब स्थलमा नाँचेको थिए । यस्तै शनिबार आज महोत्सवमा कलाकारहरु रामजी खाँड, लेखनाथ भुसाल, गजित विष्ट, समीक्षा पौडेल, संझना भण्डारी, नम्रता योगी र रेशमा पुनको सांस्कृतिक प्रस्तुती रहने सांस्कृतिक व्यवस्थापन उपसमीती संयोजक मीनराज भाटले जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१