ताजा अपडेट

आर्थिक समृद्धिका लागि उद्यमशिलता : एकै दिन २ करोडको कारोबार, २६ हजारले गरे अबलोकन

          |   121 Views   |   Published Date : 23rd February 2018 |

 

28309001_551627951872860_1655143517_n

दाङ, फागुन  । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ ले महोत्सवलाइ रचनात्मक वनाउदै लगेको छ । महोत्सवको आठौ दिन आर्थीक विकासमा नागरीकको भूमिका विषयक विचार गोष्ठी विहिबार महोत्सव स्थलमा सम्पन्न भएको छ ।

दाङ जिल्ला उद्योग वाणीज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितीका संयोजक नारायणप्रसाद भुसालको अध्यक्षता एवं प्रेस काउन्सीलका पुर्व अध्यक्ष नारायणप्रसाद शर्माले हरेक नागरिक आफै मालीक भएको वताउदै आफुमा भएको शक्ती र स्रोतको परिचालन गर्न सके आर्थीक समृद्ध टाढा नरहेको वताउनु भयो ।

विषय विज्ञका रुपमा वोल्दै सामाजिक विज्ञ विश्व वनमहासंघका पुर्वअध्यक्ष एवं तुल्सीपुर उपमहानगरपालीकाका प्रमुख घनश्याम पाण्डेले आर्थीक समृद्ध विना देश समृद्ध वन्न नसक्ने भएकाले आर्थीक समृद्धिका लागी नागरीकमा सोच परिवर्तनसंगै सपना आवश्यक रहेको वताउनुभएको छ ।

विषय विज्ञका रुपमा आउनु भएका पाण्डेले नागरीकमा परम्परागत सोच, परम्परागत कृषि प्रणाली र आनीवानीमा परिवर्तन नभएसम्म मुलुक समृद्ध वन्न नसक्ने वताउदै मानसीक सोचमा वदलाव जरुरी रहेको वताउनुभयो । किसानहरु आफुले आफुले उत्पादन गरेको वस्तुको मालीक आफै वन्न नसक्नु हाम्रो विढम्वना भएको वताउदै किसान आफनो उत्पादनको मालिक वन्न सक्ने वातावरण श्रृजना गर्नु आवश्यक रहेको वताउनु भयो ।

कार्यक्रममा वोल्दै सामाजिक विज्ञ पाण्डेले राजनीतीक लडाइका लागी विगतमा भएका मोर्चावन्दीहरु अव अव आर्थीक विकासतीर लाग्नु आवश्यक रहेको वताउनुभयो ।

पाण्डेले उद्यमशीलताका लागी जागरण पैदा गर्दे लाखौ मानिसलाइ उद्यमशीलतासंग जोडन सके मुलुकलाइ आर्थीक रुपले समृद्ध वनाउन सकिने वताउनुभयो । यसैगरी नेकपा माओवादी केन्द्र दाङका सह इन्चार्ज निर्मल आचार्यले मुलुक संघियतामा गएसंगै अव नागरीक विकास माग्ने ठाँउमा नभइ विकास गर्ने ठाँउमा रहेकाले आफनो भुमीकाको खोजी गर्दे आर्थीक समृद्धिको वाटोमा नागरीकहरु लाग्नु पर्नेअहीलेको आवश्यक्ता रहेको वताउनु भयो ।

आचार्यले नागरीकहरु विकासका हिमायती भएको वताउदै नागरीकहरुमा गुनासो गर्ने ठाउ नरहेको वताउदै देशमा अझै पनि शासन गर्ने व्यक्ती र नेतृत्व गर्ने पंक्तिमा कमजोरी देखीएको वताउनु भयो ।

यसैगरी नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्तले आर्थीक समृद्धि विना मुलुक समृद्ध वन्न नसक्ने भन्दै मुलुकमा कृषि, पर्यटन, उद्योग, लघुउद्यम व्यापार, र उत्पादनको प्रवद्र्धन तथा उचति वजारीकरण गर्न सके मुलुकलाइ समृद्ध वनाउन सकिनेमा जोड दिनुभयो ।

कार्यक्रममा कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले राजनैतीक परिवर्तनसंगै अव देश संघियताको नयाँ मोडेलमा प्रवेश गरेको वताउदै अव मुलुकले आर्थीक समृद्धि खोजी रहेको वताउनु भयो । कार्यक्रममा वोल्दै दाङ उद्योग वाणीज्य संघका अध्यक्ष एवं महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले दाङ अहिले विस्तारै हरेक उत्पादनमा आत्मनिभर भएको वताउदै दाङ अव आर्थीक समृद्धीको जिल्ला वन्ने वताउनु भयो ।

भुसालले दाङ पानी सिमेन्ट, जुश इटा अल्लो व्यवसाय, कुखुरा अन्डा दाना लगाएत उत्पादनमा आत्मनिर्भर रहेको वताउदै अव उद्योग व्यापार, लघुउद्यम, तरकारी, कृषि उत्पादनमा समेत आत्मनिभर जिल्लाको रुपमा अगाडी वढेको वताउनुभयो । कार्यक्रममा साहीत्यीक उपसमितीका संयोजक मायाकुमारी पोख्रलले स्वागत मनतव्य व्यक्त गर्नुभएको थियो भने सहजीकरण साहीत्यकार पदम प्रसाद शर्मा र साहित्यीक उपसमीतीका सदस्य सचीव शरद अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

यसैविच दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को आठौ दिन महोत्सवमा २ करोडको आर्थीक कारोवार भएको आर्थीक व्यवस्थापन उपसमिती संयोजक शुशिल पोख्रेलले जानकारी दिनुभएको छ । महोत्सवको आठौ दिन विहिबार २६ हजारले महोत्सवको अवलोकन गरेको उपसमीती संयोजक आचार्यले जानकारी दिनुभयो ।

यसैविच महोत्सवमा विहिबार पनि विभीन्न राष्ट्रीय तथा स्थानीय कलाकारहरुले विभीन्न सास्कृतिक प्रस्तुतीका माध्यमवटा महोत्सव अवलोकन गर्न आउनेहरुलाइ भरपुर मनोरञ्जन दिएका छन । कलाकारहरु जितु नेपाल, मनोज गजुरेल, गोविन्द मधुर आचार्य, डिला विक, रेशमा केसी, आइना गजुरेल, रुविना अधिकरी, रवि डंगोल, काली प्रसाद वास्कोटा, जानका केसी, तीलक वली लगाएतका कलाकारहरुले आफनो प्रस्तुती राख्नु भएको सास्कृतिक व्यवस्थापन उपसमीतीका संयोजक मीनराज भाटले जानकारी दिनुभयो ।

महोत्सवमा भोली पशुपती शर्मा, रमेशराज भटराई सम्झना लामीछाने, दिपक खडका, उमा गिरी, विन्दु परियार, सन्दीप न्यौपाने, स्मृती तिमिल्सेना, ज्ञानेन्द्र स्वर्णकार लगाएतको प्रस्तुती रहने महोत्सव मुलआयोजक समीतीले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१