ताजा अपडेट

अवधी नाँच ‘फर्सैयाँ’ लोप हुँदै

          |   112 Views   |   Published Date : 23rd February 2018 |

शिवु खनाल देउखुरी, फागुन  । अवधी संस्कृतिसंग जोडिएका नृत्य र गितहरु संरक्षणमा स्थानिय अवधी भाषी शिक्षकहरु नै सकृय हुन थालेका छन । पछिल्ला यूवा पिंढिहरुले अवधी संस्कृति संरक्षणमा चाँसो नदिंदा पुरानो पुस्ता संगै अवधी सस्कृति संग जोडिएका नाचगानहरु हराउने चिन्ता सहित स्थानिय शिक्षकहरु सकृय भएर संरक्षणमा लागेका छन ।

शिक्षकहरु नै सकृय भएर अवधी संस्कृति जोडिएका साँस्कृति कार्यक्रम प्रस्तुत गर्ने गरेका छन् । यस क्षेत्रमा यादव समुदायको वसोवास रहेको छ । देउखुरी क्षेत्रमा यादव समुदाय अवधी भाषा वोल्ने गर्दछन् ।

‘वृन्दा वनमे पकली वैरीया राधा तुरै, डरीया हो । डरीया हो ।’ अवधी भाषाको यो गित फर्सैयाँ नाँच नाच्दा गाउने गित हो । यी र यस्ता खालका गितहरु पछिल्लो समय दाङ देउखुरी क्षेत्रमा सुनिन छाडेका छन् । दाङको देउखुरी क्षेत्रमा अवधी भाषीहरु अलिक धेरै संख्यामा रहेका छन् ।

देउखुरी क्षेत्रमा पछिल्लो समय औपचारीक कार्यक्रमहरुको उदघाटन समारोह वा नेताहरु स्वागत सम्मानमा थारु र अवधी संस्कृति झल्कने नाचगानले सम्मान गर्ने चलन वढन थालेको छ । अवधी संस्कृतिको नृत्य तथा गितहरु प्रस्तुत गर्न निमन्त्रण आएपनि सबै ठाउँमा अवधी संस्कृति झल्कने कार्यक्रमहरु सबै ठाउँमा प्रस्तुत गर्न भ्यारीरहेका छैनन ।

आधुनिकीकरणको नाममा पछिल्ला पिढिहरुले आफ्नो परम्परागत संस्कृति जोगाउन चाँसो नदेखाउँदा अवधी समुदायको फर्सैयाँ नाच लोभ हुने अवस्थामा पुगेको छ । यही अवधी संस्कृति संग जोडिएको फर्सैयाँ नाच र गितहरु लोभहुन नदीन शिक्षहरु सकृय भएका छन । आफ्नो नराम्रो अरुको राम्रो मान्ने यूवाहरुको कुराले हाम्रो संस्कृति नै लोभ हुने अवस्थामा पुग्न थाल्यो ।

अवधी भाषा गढवाका अध्यक्ष शिक्षक मोहनलाल यादवले जानकारी दिनुभयो । २०५६ सालमा नेपालकै पहिलो अवधी गित पुनमकी चाँदमे नामको गित रचना गर्नुभएका अवधी गायक तथा लेखक रामगोपाल यादवले अवधी नृत्य र गित संरक्षणको लागि पहल थालेको जानकारी दिनुभयो । अवधी सङग्रालय निर्माणको लागि जग्गा व्यवस्था गरी स्थानिय तह संग सहकार्य गरेर संस्कृति संरक्षणमा लाग्ने गरेको जानकारी दिनुभयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१