ताजा अपडेट

शिक्षालाई कसरी व्यवहारीक बनाउने

          |   168 Views   |   Published Date : 21st February 2018 |

17310295_1827421800844649_3234734433421431565_o

 सामान्यतया मानिसको मस्तिष्कमा कुनै डिजिज छैन भने सबै मानिसको मस्तिष्क उत्तिकै तृष्ण र क्षमतावान हुने गर्दछ । मानिसले आफुसँग भएको मस्तिष्कलाई कुन उद्देश्यका साथ कसरी प्रयोग गर्ने र कुन हदसम्म प्रयोग गर्ने भन्ने कुरा नितान्त व्यक्तिगत भएको हुँदा हरेक मानिसको पहिचान फरक फरक किसिमले हुने गर्दछ ।

त्यसैले हाम्रो लक्ष्य, हाम्रो सफलता र हाम्रो पहिचानको लागि हामीले हाम्रो मस्तिष्कलाई सकारात्मक तरिकाले भरपूर प्रयोग गर्नुपर्दछ । विश्वमा भएको अनुशन्धानलाई हेर्दा साधारण मानिसले आफुसँग भएको मस्तिष्कको १ प्रतिशतमात्र प्रयोग गरेको देखिन्छ । वाँकी ९९ प्रतिशत मस्तिष्क त्यसै खेर गइरहेको तथ्य फेला परेको छ ।

यद्यपि अल्बर्ट आइन्स्टानले आफ्नो मस्तिष्कको तिन प्रतिशत सम्म प्रयोग गरेका थिए । यो एउटा अपवाद बाहेक आजसम्म कसैले यो भन्दा धेरै आफ्नो मस्तिष्क प्रयोगमा ल्याउन सकेको छैन । मानिसलाई परिवार, समाज र देशको वातावरणले पनि मस्तिष्क क्षमतावान बनाउन वा कमजोर बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भूमिका खेलिरहेको हुन्छ ।

मस्तिष्क र मनको सम्वन्ध परिपुरक जस्तो देखिन्छ । मस्तिष्कले तर्क र गणितको कुरा गर्छ भने मनले भावना र कल्पनाको कुरा गर्छ । कहिलेकाहीँ भावनाको अगाडि तर्क विलिन भईदिन्छ , फलस्वरुप तथ्य लोप हुन पुग्दछ । मस्तिष्क बढि स्वार्थी र मन बढि मानविय हुने हुँदा मानिसले आफ्नो जीवनको लक्ष्य के हो त्यसको पहिचान गरी कुनलाई कसरी प्रयोग गर्ने भन्ने कुरातर्फ सजग हुनुपर्दछ ।
विश्वमा दुई किसिमका दर्शनहरुको प्रयोग भएको पाउन सकिन्छ । पूर्वीय दर्शन र पश्चिमा दर्शन । पूर्वीय दर्शनको आविष्कार र प्रयोग हजारौं वर्ष पहिले भएको पाउन सकिन्छ । यसले अनुसन्धान, विज्ञान, आध्यात्मक, मानवता, शान्ति र सन्तुष्टीको व्याख्या गर्दछ भने पश्चिमा दर्शनले भौतिक उन्नती, सुखसुविधा, यान्त्रिकीकरण, आर्थिक उन्नती तथा विकास जस्ता कुराको व्याख्या गर्दछ । यी दुई दर्शनको संयोजन द्वारा बर्तमान विश्व व्रहामण्ड चलिरहेको छ । यीनै दर्शनद्वारा नयाँ कुराको खोज, प्रयोग, सुख र सन्तुष्टि सम्भव भएको हो ।
शिक्षा क्षेत्रमा गरिने खास लगानीमा विद्यार्थी संख्या र गुणस्तर विचमा व्युत्क्रमानुपातिक सम्वन्ध छ । विद्यालयहरु बढि नाफामुखी भएकाले त्यहाँबाट क्षमतावान्, शिर्जनशिल र योग्य विद्यार्थी पाउन मुश्किल भएको छ । सेवा जस्तो क्षेत्रमा व्यापार मिसिए पछि त्यसको हालत के होला हामी सबैले विचार गर्न सक्छौं । सरकारले शिक्षालाई निजीकरणबाट मुक्त गरी राष्टिूयकरण गर्दै सरकारी स्कुलहरुलाई थप गुणस्तयुक्त बनाउन सक्नु पर्दछ र त्यहाँबाट उत्पादन भएका दक्ष विद्यार्थीहरुलाई नेपालको विकास निर्माणमा लगाउनु पर्दछ ।

यसका लागि सरकारले विद्यालयहरुमा व्यवहारिक, सिपमुलक एवम् समस्या केन्द्रीत शिक्षण पद्धतिको विकास गर्दै कार्यान्वयनमा लैजाने र सरकारी शिक्षकहरुको सेवा सुविधाहरुमा वृद्धि गर्दै उनिहरुलाई कडा अनुशासनमा राख्ने निती निर्माण गर्न जरुरी छ । सुगम देखि दुर्गमसम्म, धनि देखि गरिब सम्म सबै नेपालीले आफुले चाहेको शिक्षा आफ्नै अनुकलताको समय र स्थानमा लिन सक्ने बनाउनु पर्दछ ।

एउटा विद्यार्थीको सिकाइ उपलब्धिमा शिक्षाको गुणस्तर, पाठ्यवस्तु र पाठ्यक्रमको प्रासंगीता, स्थानिय समस्यामा केन्द्रित, शिकाइको सघनता, उत्प्रेरक शिक्षण पद्धति, निरन्तर उत्प्रेरणा र परामर्शजस्ता तत्वले प्रभाव पार्दछ । अबको युगमा एउटा लेक्चर हेर्न कक्षा कोठामा जानु पर्ने वाध्यता युवा पुस्ताको अन्तरआत्माको माग नभएर एउटा वाध्यता हो । त्यसैले युवा प्रति सहानुभूति देखाउँदैमा के हुन्छ ? बरु युवाको समग्र भावना बुझी शिक्षा क्षेत्रमा सुचना प्रविधिले ल्याएको सम्भावनालाई अवसरमा बदले केही हुन सक्छ ।

घोकेर जाँचमा ओकल्नुलाई विद्या आर्जन मान्ने आजभोलिको शिक्षा प्रणालीले नै हाम्रा युवालाई असफल बनाइरहेको कुरा के सर्वविदितै छैन र ? हाम्रा विद्यालयहरु अनुसन्धानको अगुवा हुनुको सट्टा अनुसन्धानबाट भाग्ने भगुवा भएका छन् । तसर्थ विद्यालयले समस्या केन्द्रित र जीवन उपयोगी शिक्षण पद्धतिको विकास गर्दै जाने र विद्यार्थीहरुले पनि १८\२० वर्ष लगातार पढेर वेरोजगार हुनुको सट्टा काम, अनुभव र शिक्षालाई साथसाथै अगाडि बढाउन सकेमा त्यो धेरै उपयोगी र व्यवहारिक हुन्छ ।

अन्यथा पैसा, समय र जीवननै वर्वादीको बाटोमा जान्छ । शिक्षालाई ग्रहण गरी सकेपछि त्यसको व्यवहारिक उपयोगीता के छ भनेर चिन्तन गर्ने शैली हामी विद्यार्थीहरुमा पनि विस्तारै ह्रास हुँदै गएको छ । वुझेर अध्ययन गर्ने भन्दा पनि परीक्षामा कसरी पास गर्ने भन्ने पीरले हामी धेरै पिरोल्लीएको जस्तो लाग्छ । शिक्षा केवल जागीर खानको लागि मात्र नभएर हाम्रो चिन्तन प्रणालीको विकास गर्नको लागि पनि हो ।

एउटा शिक्षीत व्यक्ति सभ्य, अनुसाशित, नैतिकवान,सहनशिल र मिजासीलो हुन्छ । उसले कुनै पनि कुरा गर्दा ओजपूर्ण तरिकाले गर्ने गर्दछ र समस्या पनि त्यसरी नै हल गर्दछ । जिवनको आधाजसो समय शिक्षा हासिल गर्न खर्चेर विदेश पलायन हुनुको के मज्जा ?

आफुले आजसम्म हाँसील गरेको शिक्षालाई कसरी, कहाँ उत्कृष्ट तरिकाले प्रयोग गर्न सकिन्छ त्यतातिर चिन्तन गर्दै सोही अनुरुप कार्य गर्न सकेमा जीवन सन्तुष्ट हुन्छ । हजारौं वर्ष पहिले दार्शनिकहरुले “ज्ञानमै मुक्ति छ” भनि जुन दृष्टि दिएका थिए । त्यो मुक्ति हामी सबैले सबैका लागि सम्भव बनाऊ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१