ठाउँठाउँमा बम : विप्लवले बढायो त्रास

काठमाडौं, फाल्गुण ८। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको बन्द आब्हानले जनजीवन प्रभावित भइरहँदा ठाउँठाउँमा बम राखेको हल्लाले झनै त्रास बढेको छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोटमा बम फेला परेको छ । उक्त बम डिस्पोज गर्न नेपाली सेना जाँदैछ । बम विप्लव समूहले राखेको आशंका गरिएको छ । बाग्लुङमा पनि बम भेटिएको छ । डिस्पोज गर्न सेनाको टोली गइसकेको छ । बिहान ८ बजे नै वम भेटिएको हो । वम खाना राख्ने हड्केसमा राखेर होन्डाको शो रुममा राखिएको हो । वम देख्ने बित्तिकै स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । अहिले बाग्लुङस्थित अर्जुन बाण गणका नेपाली सेना, प्रहरीको सहयोगमा बम डिस्पोजल गर्ने तयारी भइरहेको छ । Facebook Comments