ताजा अपडेट

देशैभर हाउस फूल , श्वेता र दयाको कान्छी

          |   197 Views   |   Published Date : 17th February 2018 |

daya-shweta-prajwal

काठमाडौँ ५ फागुन । श्वेताखड्काको फिल्म कान्छी शनिबार देशैभर हाउस फूल भएको छ । शुक्रबार ८० प्रतिशत अकुपेन्सी कायम गरेको कान्छीले शनिबार भने शत प्रतिशत अकुपेन्सी कायम गर्यो ।

हलमादर्शकको भिड थामिनसक्नुको रह्यो ।दर्शकको भिडलाई सम्बोध नगर्न श्वेता, दयाहाङ राई, निर्देशक आकाश अधिकारी, नायक प्रज्वल सुजलगिरीको टिम गोपिकृष्ण र अष्टनारायण हल पुगेको थियो ।जहाँ दर्शकले कान्छीको जय जयकार गरे । दर्शकले श्वेता र दयासँग सेल्फी खिच्न तँछाड मँछाड गरेको दृश्य हेर्न लायकको थियो ।

चावाहिलको गोपिकृष्ण हलमा कान्छीको टिकट सकिए पछि दर्जनौं दर्शक हल बाहिर बस्न बाध्य भए । चार चार वटा हल हाउसफूल भएपछि दर्शकले ब्ल्याकमा पनि टिकट पाएनन्, वितरक गोपाल कायस्थले भने, कान्छीको यो ओपनिङ सुपरहिट फिल्मको हो । कान्छी हेर्न लामो समय सम्म दर्शक हलमा आउने समेत वितरक कायस्थले अड्कलकाटे ।

करिब ८० हलमा लागेको कान्छी हेर्न विशेषतःपारिवारिक दर्शकको संख्याबढी देखिएका छन् । कान्छीलाई सबैले माया गर्नु भएको छ, सबैप्रति कृतज्ञ छु, श्वेताभन्छिन् । प्रदर्शन अगावै लगानी सुरक्षित गरेको कान्छीको नेपालको व्यापार सबै नाफाको हो । डेढ करोड माथि लगानी रहेको कान्छीका निर्माताको रुपमा शैलेश खड्का र रविन खड्का रहेका छन् ।

याम थापाको लेखन रहेको फिल्ममा दया, श्वेता र प्रज्वलसँगै नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्तशर्मा, विनोद न्यौपाने लगायत कलाकारहरको अभिनय छ । पुरुषोत्तम प्रधानको छायाँकन रहेको कान्छीमा अर्जुन पोखरेल, राजन राज सिवाकोटी र शम्भूजित बाँस्कोटाको संगीत छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१