ताजा अपडेट

मंगोलियन हर्ट’को ‘एक जोडी नयन’ बोलको गीत सार्वजनिक

          |   211 Views   |   Published Date : 16th February 2018 |

poster-1_BNSSOPU5ou

काठमाडाै‌ं, फागुन ४ :  ‘मंगोलियन हर्ट’ले  ६ वर्षपछि आफ्नो नयाँ एल्बम 'भोलुम सेभेन'को 'एक जोडी नयन' बोलको गीत सार्वजनिक गरेको छ। भ्यालेन्टाइन डेको अवसर पारेर गीतको अडियो\ भिडियो 'रिलिज' गरिएको हो।

सुरेन लिम्बुको शब्द रहेको ‘एक जोडी नयन’मा राजु लामाको संगीत तथा फणिन्द्र राईको ‘एरेन्जमेन्ट’  रहेको छ। भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन्। भिडियोमा सन्जित श्रेष्ठले क्यामेरा चलाएका छन् भने विक्रम अधिकारीले सम्पादन गरेका छन्।

ललितपुरको खोकना आसपासका छेत्रमा खिचिएको भिडियोमा ब्याण्डका २ सदस्यहरु बबी लामा र किरण नगरकोटीको साथमा अरुणा योञ्जनको अभिनय हेर्न सकिन्छ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१