ताजा अपडेट

बाबुबाटै बालिका ‘वलात्कार’

          |   188 Views   |   Published Date : 15th February 2018 |

bharat

भरतपुर, ३ फागुन-  १२ वर्षीया छोरी बलात्कारमा परेको भन्दै आमाले गत कात्तिक २६ गते प्रहरीमा किटानी जाहेरी दिइन् । पीडक पक्षले आर्थिक प्रलोभन र धम्क्याएर बयान फेर्न लगाए ।

अहिले बालिकाकी आमा फेरि बकपत्र गर्न पाउनुपर्ने माग गर्दै अदालत पुगेकी छन् । बालिकालाई रत्ननगर नगरपालिका–१ मा बालगृह सञ्चालन गरिरहेका भक्तिनी बगैंचाका ६१ वर्षीय गोविन्द ढकालले गत भदौ २५ गते राति बलात्कार गरेको दाबीसहित आमाले जाहेरी दिएकी थिइन् ।

पटक–पटक करणी गर्दा बालिकाको तल्लो पेट दुख्न थाल्यो । पीडा बढेपछि ढकालले उनलाई सुर्खेतस्थित घर पठाए । उनले बालिकाकी आमालाई फोन गरी ‘छोरी आउँछु भनेकाले पठाएको’ बताएका थिए । पढ्न पठाएकी छोरी अचानकआउने खबरले आमा छक्क परिन् ।

‘लालनपालन र अध्ययनका लागि पठाइएकी छोरी घर आउँदै छ भन्ने खबरले छक्क परें,’ उनले भनिन्, ‘छोरीले पटक–पटक जबरजस्ती करणीमा परेको सुनाएपछिपीडा भयो ।’ आमाले छिमेकीको सहयोगमा चन्दा उठाएर छोरीलाई तत्काल वीरेन्द्रनगरस्थित क्षेत्रीय अस्पतालमा परीक्षण र उपचार गराइन् । स्वास्थ्य परीक्षणमा योनिमा घाउ र खुलेको देखियो ।
अधिकारकर्मीले करणीविरुद्ध जाहेरी दिन सुझाएपछि न्यायका लागि बालिकाकी आमा चितवन आइन् । जिल्ला प्रहरीमा ढकालविरुद्ध कात्तिक २६ गते किटानी जाहेरी दर्ता गराइन् । प्रहरीले ढकाललाई तत्काल पक्राउ गर्‍यो । उनले अनुसन्धान क्रममा करणी स्वीकारेनन् । आफूलाई फसाउन खोजेको आरोप लगाए ।
बालिकाले अदालतसमक्ष ढकालले पटक–पटक करणी गरेको बयान दिएकी थिइन् ।  ढकाललाई इलाका प्रहरी टाँडीले अनुसन्धानपछि जिल्ला अदालतमा पेस गरेको थियो । अदालतले उनलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ, कान्तिपुरमा खबर छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१