ताजा अपडेट

मेरी प्रेमिका अर्थात तिमी

          |   137 Views   |   Published Date : 14th February 2018 |
नबीन शर्मा
27657492_2122892874596923_2951687361386502635_n
म अनपढ जस्तै भएको छु तिम्रो सामु
मैले तिमी लाई कविता देख्न सकिन
मैले तिमीमा गित लेख्न सकिन।
जसरी आमाले गर्भमै लेखेकी थिईन
तिमिलाई – सन्तानको नाम
कोरेकी थिईन तिम्रा भविष्यका रेशम मार्गहरु
मैले पनि त्यसरी नै देख्नुपर्थ्यो।
आफुले ´क` लेख्न नसक्ने हातहरुले
यो निर्दोष जमिनको छाती माथी कोदालो जोतेर
जसरी बुवाले तिम्रो नाम – भरोशा लेखे।
बुवा,
जसरी पिठ्युमा तिम्रो भविष्य
बोकेर हिडिरहे रहरको उकालै उकालो
मैले पनि त्यसरी नै हिड्नु पर्थ्यो।
जसरी बगरले आफ्नै ईशारामा खोलालाई बगाउछ
र सधै बिश्वासमा राख्न सक्छ।
जसरी हिमालले हिँउलाई आफ्नै मुस्कान दिएर
हास्न लगाउछ
जसरी फुललाई हरेक बिहान शितले अंगालो हालेर
बसेको हुन्छ
मैले पनि तिमिलाई त्यसरी नै प्रेम गर्नु पर्थ्यो।
हरेक पल पाईला खोजीरहने बाटो बन्नु पर्थ्यो म –
तिम्रो लागि
जसरी घामले पानी लाई आफ्नै ईशारामा
यो खुल्ला आकाशको बाटो भएर यात्रा गराउछ
म त्यसरी नै तिम्रो प्रेममा हिड्नुपर्थ्यो।
तर प्रीय,
मैले तिम्रो मुस्कान गुलाफको पत्रपत्रमा लेखेर छोडेको छु,
जसरी गुलाफ लाई थाहा होस संघर्षको मैदानबाट
प्राप्तिको पछिको खुसी।
मैले तिम्रो सुन्दरता चित्रकारको हातमा थमाएको छु
जसले जिन्दगीको हरेक उत्तारचढावमा
पनि हास्न सिकाओस तिमीलाई।
मैले तिम्रो संवेदना कविको कलममा भरेर छोडेको छु
जसले तिम्रो खुसि र आँसु लेख्न सकोस
अक्षरहरुमा।
प्रीय!
तर यो कुरा चाहिँ तिमिले कहिल्यै नभुल्नु कि
मैले लेख्नै पर्ने तिम्रो नाम आफ्नै मुटुमा लेखेर
राखेको छु।
Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१