ताजा अपडेट

महासचिव शोकबहादुरको आक्रमण घटनाको सत्य तथ्य बुझ्न आग्रह

          |   1189 Views   |   Published Date : 14th February 2018 |

dang-1-660x330

दाङ, फागुन २ । दाङ निर्माण ब्यवसायी संघले आफ्नो संघका महासचिव शोकबहादुर रोका मगर माथि भएको सांघातिक आक्रमणको विरोध गरेको छ ।

दाङ निर्माण ब्यवसायी संघका अध्यक्ष वलिभद्र राना, बरिष्ठ उपाध्यक्ष गणेश गिरी र सचिव दोर्ण बहकरीले संयुक्त वक्तब्य जारी गर्दै आक्रमणको विषयमा केहि अनलाईन मिडियाहरुमा आएका समाचारहरु प्रति ध्यानाकर्षण भएको जनाउनु भएको छ । आक्रमणको वचाउमा केही नाम नसुनिएका अनलाइनहरुले घटनाको सत्य तथ्य नबुझी प्रायोजित समाचारहरु प्रकाशित गरेको प्रति विज्ञप्ती मार्फत ध्यानाकर्षण भएको जनाउनु भयो ।

घटनाको सत्यलाई बंग्याएर पिडितलाई नै पिडा थप्ने गरी आएका समाचारप्रति आपत्ति जनाउदै घटनाको सत्य तथ्य बुझेर प्रसारण तथा प्रकाशन गर्न आग्रह गर्नुभएको छ । संघको आन्तरिक काम बारे घोराहीको एक होटलमा खाना खाएर फर्किने क्रममा स्थानीय युवाहरु केशव नेपाली, अभिमन्यु गिरी, गोविन्द जिसी लगायतको समुहले आक्रमण गर्दा महासिचव रोका गम्भिर घाइते भएको बताईएको छ ।

उहाहरुले विज्ञप्तिमार्फत घटनालाई वग्याउने किसीमले समाचार सम्प्रेषण नगरीदिन हुन तथा घटनाका दोषीहरुलाई कडा कारवाही गर्न दवाव दिने गरी समाचार वाहीर ल्याउन पनि अनुरोध गर्नुभएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘सो घटनाको सत्यतथ्य छानबिन गरी समाचार प्रकाशन गर्नुपर्नेमा उल्टै पिडितको घाउमा नुन खुर्सानी छर्कने गरी अतिरञ्जित समाचार प्रकाशन गरिएकोमा हाम्रो गम्भिर आपत्ति छ ।

ति समाचारमा उल्लेख गरिएअनुसार घोराहीमा हुन लागेको महोत्सवको पार्किङ लिने बारे संघका महासचिव रोकाको कुनै अपेक्षा नभएको अवस्थामा अनावश्यक कुरा झिकी घटनालाई अतिरञ्जित पार्ने गरी समाचार आएको छ, यसको घोर भत्र्सना एंव खण्डन गर्दछौ’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१