ताजा अपडेट

प्रेम दिवस : खुल्दै युवा पुस्ता

          |   125 Views   |   Published Date : 14th February 2018 |

Best-10-Valentine-Day-Ideas-For-Couples1

दाङ, फागुन २  । विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गर्ने दिन हो । कोही आफ्नो श्रीमानसँग डिनरका लागि रेष्टुराँ निस्कन्छन त कोही आफ्नो प्रेमीकासँग विभिन्न मलमा आयोजना गरिएको भ्यालेनटाइन डे को कार्यक्रममा सहभागी हुन्छन् ।


अहिले भ्यालेन्टाइनकाको प्रसिद्धि नेपालमा पनि फैलिएको छ । यसैको नमूनाको रुपमा नेपालमा पनि हरेक वर्षको १४ फेबु्रअरीका दिन भ्यालेन्टाइन डे मनाइन्छ । विश्वव्यापी मान्यता पाएको भ्यालेन्टाइन डे ले नेपाली समाजमा समेत जरो गाडिसकेको छ । यसले नेपाली युवामाझ लोकप्रियता पाएको छ ।


प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा लिइन्छ । यसदिन राखिएका प्रेम प्रस्तावलाई प्रेमी वा प्रेमीकाले सहजै इन्कार गर्न सक्दैनन भन्ने जनविश्वास छ । तपाई पनि आफ्नो भ्यालेनटाइनलाई कुनै उपहार दिने योजना बनाईरहनु भएको छ ? यदि त्यसो हो भने घोराहीको एभरग्रिन गिफ्ट्स एण्ड म्युजिकलले यो वर्षको भ्यालेनटाइन डेलाई विशेष बनाउँदैछ ।
लामो समयदेखि गिफ्ट्स आइटमहरु बिक्रि बितरण गर्दै आइरहेको एभरग्रिनले युवायुवतीहरुले उपहार साटासाट गरेर मनाउने यो दिवसमा नयाँ र आकर्षक गिफ्ट्सहरु ल्याएको छ । आफूले मन पराउने मान्छे, प्रेमिप्रेमिकाहरु र श्रीमान श्रीमतीहरुले एक अर्कोलाई उपहार दिनका लागि चाहिने सम्पूर्ण सामग्रीहरु आएको एभरग्रिन गिफ्ट्स एण्ड म्युजिकलका प्रोप्राईटर भोला अधिकारीले बताउनुभयो । पछिल्लो वर्षहरुमा आएर उपहारका सामग्रीहरु किन्ने युवाहरुको जमात बढ्दो छ । अहिले सजावटका सामग्रीहरु भन्दा पनि फेसनेवल र प्रयोग गर्ने अर्थात् लगाउने उपहारहरु बढि बिक्रि हुने गरेको अधिकारीको भनाई छ ।
आजको दिनमा रोमियो जुलियट, लैला मझलु र सारजहा मुमताज जस्ता प्रसिद्ध प्रेमकहानीहरुलाई स्मरण गर्दै आफ्नो प्रेमकहानी पनि यस्तै दीगो र भविष्य उज्ज्वल रहोस् भनेर कामना गर्ने प्रचलन पनि रहेको छ । भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो रङको गुलाफ आदान प्रदान गर्ने चलन छ । यसलाई शान्ति, प्रेम, मनोभावना र क्षमताको प्रतीकको रुपमा लिइन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो । गुलाबी गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ ।
त्यसो त भ्यालेन्टाइन युवापुस्ताले मात्र नभई विवाहित महिला पुरुषले पनि एक अर्कामा माया गरेको आभाष दिन मनाउने गर्छन् । आफ्नोपनलाई छाँयामा पार्ने यस्ता आयतीत संस्कृतिलाई सही किसिमले मनाउन आवश्यक रहेको उनीहरु बताउँछन । स्वतन्त्र हिसाबले प्रेम दिवस मान्दा छाडापनको संस्कृति भित्रिने हो कि ?

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१