ताजा अपडेट

प्रेमदिवसलाई स्वागत गर्दै म्यांगो गार्डेनमा कार्यक्रम (आज डिजे ज्याकले घोराही तताउने )

          |   570 Views   |   Published Date : 14th February 2018 |

assbb

दीपक जीएम दांग,फागुन २ । प्रेमदिवसको अवसरमा घोराही १५ म्याँगो गार्डेनमा मंगलवार सांझ सांगीतिक कार्यक्रमको आयोजना गरीएको थियो ।

म्याँगो गार्डेनको आयोजनामा भएको कार्यक्रमको नेपाल पत्रकार महासंघ दांगका अध्यक्ष सविन प्रियासनले पानसमा बत्ती बालेर उदघाटन गर्नु भएको थियो ।यो अवसरमा विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरीएको थियो ।

28000784_851433691708370_1174767694_n

कार्यक्रमका आयोजकहरु सुबोध आचार्य,राजेश बस्नेत,विष्णु बुढा,सुदिप कुंवर र राम बहादुर बुढाथोकीको विशेष भुमिका रहेको थियो भने कार्यक्रमको सहजीकरण नवीन अभिलाषी र विनिता बस्नेतले गर्नु भएको थियो ।

आज पनि प्रेमदिवसको अवसरमा म्याँगो गार्डेनमा चितवनका प्रख्यात डिजे ज्याकले आफ्नो संगीतले घोराही तताउने भएका छन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१