ताजा अपडेट

पाण्डेको स्मृतिमा फलफूल बितरण

          |   58 Views   |   Published Date : 14th February 2018 |

तुलसीपुर, फागुन  । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेका पिता टेकबहादुर पाण्डेको सम्झनामा फलफूल बितरण गरिएको छ ।

सातांै दिनको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका वडानम्वर ७ मा रहेका राप्ती बहिरा संघका बालबालिकाहरु र वडानम्वर १२ मा रहेको बृद्धाश्रमका वृद्धहरुलाई प्रवक्ता श्याम डाँगीले फलफूल बितरण गर्नुभएको थियो ।


बहिरा संघमा रहेका करिव १ सय जना र वृद्धाश्रममा रहेका ५ वृद्धहरुलाई फलफूल वितरण गरिएको हो । फलफूल बितरण कार्यक्रममा वडानम्वर १५ का अध्यक्ष लक्ष्मण चौधरी, प्रेस संयोजक वसन्त विवश आचार्यको सहभागिता रहेको थिया । पाण्डेको माघ २४ गते सडक दुर्घटनामा परेर ७७ वर्षको उमेरमा निधन भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१