ताजा अपडेट

दुई करोडको लगानीमा कृषि फर्म उद्घाटन

          |   81 Views   |   Published Date : 14th February 2018 |

udhog-660x330

शरद रेग्मी, दाङ, फागुन  । पश्चिम दाङमा २ करोड बढीको लगानीमा कृषि फर्म उद्घाटन गरिएको छ । महाशिव रात्रिको अवसर पारेर मंगलबार तुलसीपुर–८ अश्वारामा रहेको शिवमाया बहुउद्देश्यीय कृषि फर्मको उद्घाटन गरिएको हो ।


विशेषगरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न केराबाट उत्पादित चिप्स, अचार र विभिन्न परिकारका नमकिनहरु उत्पादन गर्न सुरु गरेको फर्मले मंगलबारदेखि औपचारिक रुपमा आफ्ना उत्पादनहरुलाई बजारमा ल्याउन सुरु गरेको छ । तुलसीपुरको उत्पादनलाई देशभरका बजारमा लैजानका लागि आफूहरुले फर्ममा सञ्चालन गरेको सञ्चालक भागवत कमलापुरीले जानकारी दिनुभयो ।


उहाँका अनुसार स्थानीय कृषकहरुको उत्पादनलाई आफ्नो फर्ममा खपत गरेर उपोभोक्ताको घरसम्म लैजान आफूहरुले भूमिका खेल्ने समेत बताउनुभयो । फर्मको मंगलबार साना तथा मझौला कृषि आयस्तर वृद्धि आयोजना (रिजम) का निर्देशक गोकर्णराज अर्यालले एक कार्यक्रमका बीच रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा योजना अधिकृत बेदबहादुर रोकाया, रा.स. नेपालका जिल्ला संयोजक हरिप्रसाद शर्मा, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमाल, तुलसीपुर नगर विकास समितिका अध्यक्ष यज्ञबहादुर केसी, गायिका रितु कडेल, सिर्जना टोल विकास संस्थाका अध्यक्ष जुद्धबहादुर खत्रीलगायतले बोल्नुभएको थियो ।

फर्मका सहयोगी जगदिश भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१