ताजा अपडेट

दाङ व्यापारिक महोत्सवमा निशुल्क पार्किङ

          |   468 Views   |   Published Date : 14th February 2018 |

mahotsab-660x330

दाङ, फागुन  २ । दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरिय औद्योगीक कृषि प्रदर्शनी २०७४ को अवसरमा आउने सवारी साधनको निःशुल्क पार्किङको व्यवस्था गरिएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

महोत्सवको अवलोकनका लागि आउने व्यक्तिहरुको सवारी साधनका लागि कर्मचारी मिलन केन्द्रको कम्पाउन्ड, जेसीजको कम्पाउन्ड मा निःशुल्क पार्किङको व्यवस्था दाङ जिल्ला उद्योग वाणीज्य संघले गरेको महोत्सव मुल आयोजक समितिका सहसंयोजक एवं महासचिव नरेश कार्कीले जानकारी दिनुभयो ।

पार्किङ व्यवस्थापनका लागि १६ जना स्वयंसेवक खटाइने र आआफ्नो सवारीसाधनको जवाफदेहिता आ आफ्नै हुने पनि महोत्सव मुल आयोजक समितिले आग्रह गरेको छ ।

यसअघि पार्किङ स–शुल्क हुनेगरी परियार सेवा समाजले जिम्मा लिएको थियो । समाजले काम गर्न नसक्ने भन्दै मुल आयोजक समितिमा लिखित पत्र पठाएपछि पार्किङ व्यवस्थापनको जिम्मा स्वयं दाङ जिल्ला उद्योग वाणीज्य संघले लिएको महोत्सव मुल आयोजक समितिका सहसंयोजक नरेश कार्कीले जानकारी दिनुभयो ।

यसैगरी घोराही उपमहानगरपालिका वडानम्वर–१५ को वडा कार्यालयदेखि माथि अदालत र जिल्ला समन्वय समितिको बीचको बाटो र होटल थ्री स्टारदेखि दक्षिणतर्फ पार्किङ निशेष गरिएको सुरक्षा तथा पार्किङ व्यवस्थापन उप समिति संयोजक छविनारायण गिरीले जानकारी दिनुभयो ।

यसैबीच महोत्सवका लागि सबै स्टल वुकिङ भइसकेको स्टल व्यवस्थापन उपसमिति संयोजक टंकप्रसाद पोख्रेलले जानकारी दिनुभयो । स्टलको नम्वरिङ कार्य सकिएको र आज बिहान १० वजेदेखि स्टलवुकिङ गरेकाहरुलाई पास उपलब्ध गराइने भएकाले आ आफ्नो फोटो लिएर आज बिहान १० वजेदेखि सम्पर्क राख्न पोख्रेलले आग्रह गर्नुभयो ।

यसैबीच दाङ जिल्ला उद्योग वाणिज्य संघका सांस्कृतिक समितिका संयोजक मिनराज भाटले पत्रकार भेटघाटको आयोजना गरी महोत्सव अवधिभर हुने सांस्कृतिक कार्यक्रमको बारेमा जानकारी गराउनुभएको छ । संयोजक भाटका अनुसार, प्रदेशनम्वर ५ को डोको होटलद्वारा प्रायोजित लोक नृत्य प्रतियोगिताकाको आयोजना समेत गरिएको छ, भने उक्त नृत्यका लागि ४ जनादेखि १२ जनासम्मको सामुहिक लोकनृत्य प्रस्तुत गर्नुपर्ने छ ।

त्यसैगरी लोपोन्मुख अवस्थामा रहेको सारङी बाजालाई संरक्षण तथा जोगाउने उद्देश्यले पनि सारङ्गी प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । यसैगरी ॐ नमस्ते ट्रेड लिंक तारा गायन प्रतियोगिताका साथै श्रीमान् श्रीमतिको नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको संयोजक भाटले बताउनुभयो । साथै महोत्सव अवधिभर हुने उक्त प्रतियोगिताका लागि सहभागी हुन ईच्छुक व्यक्तिहरुले सांस्कृतिक समूहका संयोजकलाई सम्पर्क गर्न सकिने बताइएको छ ।

उक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष टंकसिंह बुढाथोकीले पाहुना कलाकार र स्थानीय कलाकारमा कुनै पनि भेदभाव नगरिने बताउनुभयो । साथै महोत्सव अवधिभर थारु पहिचान झल्कने कार्यक्रमहरु, हाँस्य ब्यंग्य कलाकारहरु, लोकदोहरी तथा आधुनिक कलाकारहरु, दाङबाट स्थापित भएका कलाकारहरु र सन्देशमुलक नाटक लगायतका सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरु हुने संयोजक भाटले बताउनुभयो । महोत्सव यही फागुन ३ गतेदेखि सुरु हुन लागेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१