ताजा अपडेट

किसानका घरमै पुगेर पशुलाई निशुल्क खोप सेवा प्रदान

          |   93 Views   |   Published Date : 14th February 2018 |

ghorahi-16-660x330

दाङ, फागुन  । पशुहरुमा रोगको प्रकोप देखिएपछि घोराही उपमहानगरपालिकाले खोप अभियान सुरु गरेको छ । उपमहानगरपालिकाको वडानम्वर १६ मा पशुहरुमा ¥याल छोड्ने, सिंगान छोड्ने, दिसा पातलो हुने जस्ता लक्षणको रोग देखिएपछि त्यसको निदानका लागि खोप अभियान सुरु गरिएको वडाध्यक्ष लछिनप्रसाद बुढामगरले जानकारी दिनुभयो ।


केही दिन पशुहरु धमाधम मर्न थालेपछि खोप अभियान थालिएको वडाध्यक्ष बुढामगरले जानकारी दिनुभयो । किसानका घरघरमै पुगेर निःशुल्क खोप लगाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । गाई, भैंसी, भेडा र बाख्रामा लाग्नसक्ने भ्यागुते, चर्चरे, खोरेत जस्ता रोग नियन्त्रणका लागि खोप लगाइएको वडाध्यक्ष बुढामगरले जानकारी दिनुभयो ।


हालसम्म वडाका १ हजार ८ सय बाख्रा, २ सय ४५ गाई गोरु र १ सय ४४ भैंसीलाई खोप लगाइसकेको भन्दै वडाध्यक्ष बुढामगरले र खोप लगाउने क्रम जारी रहेको बताउनुभयो । ‘किसानहरु पशुमा एक्कासी लाग्ने विभिन्न रोगबाट प्रभावित भएको पाइएपछि खोप अभियान चलाएका छौं,’ वडाध्यष बुढामगरले भन्नुभयो, ‘यसबाट किसानलाई राहत मिलेको छ ।’ खोप लगाउँदा प्रति पशु ५० रुपयाँसम्म लाग्ने गरेकोमा सबै निःशुल्क गरेको उहाँले बताउनुभयो ।
वडा कार्यालयले सञ्चालन गरेको खोपबाट ¥याल छोड्ने, सिंगान छोड्ने, दिसा पातलो हुने जस्ता लक्षणका रोगहरु निदान हुने खोप लगाउन घरदैलो अभियानमा हिडरिहनुभका भेटनरी जेटिए रुपनारायण चौधरीले बताउनुभयो । ‘प्रायः किसानलाई अग्रिम रोकथामबारे थाहा हुँदैन । एक्कासी रोग लागिसकेपछि सञ्चो गराउन कठिन हुन्छ,’ उहाँले भन्नुभयो, ‘पहिले नै खोप दिएपछि पशुलाई रोग लाग्नबाट बचाउन सजिलो भयो ।’ सुरुमा खोपबारे थाहा नभएका किसानहरु अहिले भिड लाग्ने गरेको उहाँले बताउनुभयो ।
वडाका सबै किसानका घरमा पुगेर खोप लगाउने योजना रहेको अध्यक्ष बुढाले बताउनुभयो । निःशुल्क खोप लगाउन पाएपछि किसानहरुले खुसी व्यक्त गरेका छन् । ‘रोग लागेर पशुको ठूलो क्षति भइरहेको छ । घरमै खोप लगाउन पाउँदा हामीलाई धेरै सजिलो भएको छ,’ किसान वीरबहादुर चौधरीले भन्नुभयो, ‘निःशुल्क खोप पाउँदा खर्च पनि बचत भयो । घरमै सेवा पनि पाइयो ।’

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१