ताजा अपडेट

भिक्टोरियाका विद्यार्थी द्वारा लागूऔषध दुर्व्यसनी बिरुद्द सड़क मै नृत्यद्वारा खबरदारी

          |   1454 Views   |   Published Date : 13th February 2018 |

 27994516_1958746024442797_1479435514_n (1)

दीपक जीएम

घोराही ,फागुन १ । घोराहीमा भिक्टोरीया कलेजका विद्यार्थीहरुले सोमबार घोराहीको तुल्सीपुरचोकमा लागुऔषध दुर्व्यसनी बिरुद्द सामूहिक नृत्य गरेर खबरदारी गरेका छन ।

करिब दस मिनेटको नृत्य पछि विद्यार्थीहरुले ” से नो ड्रग्स ” लेखेको ब्यानर सार्वजनिक गरेका थिए । व्यस्त सडकमा कसैलाई थाहा नहुने गरी भिक्टोरिया कलेजका विद्यार्थीहरुले लागूऔषध दुर्व्यसनी विरुद्ध सबैजना आजदेखी नै सचेत हौं भन्दै चेतना फैलाएका थिए ।

28109168_850914858426920_1883816409_n (1)

बिबिए पहिलो वर्षका विद्यार्थीहरुमा व्यवसायिक कला ,प्रयोगात्मक सीप सिकाउन तथा समाजमा सचेतना फैलाउन यो कार्यक्रम गरीएको कलेजका कार्यक्रम संयोजक कुलबीर चौधरीले बताउनु भयो ।

साथै समाजमा बेलाबेलामा सामुह बीच काम गर्न बानीको विकास गर्नु पर्छ र विद्यार्थीहरुलाई सार्वजनिक स्थलमा उभ्याएर आत्मबिस्वास जगाउनको लागी यो कार्यक्रम गरीएको पनि बताउनु भयो ।

27994635_1958746187776114_1484064286_n (1)

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१