ताजा अपडेट

बल्झिँदै प्रतिष्ठानको विवाद : उपकुलपतिले समन्वय नगरेको अस्पतालकाको आरोप

          |   128 Views   |   Published Date : 13th February 2018 |

27999932_850891635095909_522379157_o

दिपक जिएम दाङ, माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले एकलौटी रुपमा काम गर्न खोजेको भन्दै राप्ती उपक्षेत्रीय अस्पतालका कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । स्थानीयहरुसँग कुनै पनि प्रकारको समन्वय र छलफल नै नगरी उपकुलपतिले आफू खुसी निर्णय गर्ने गरेको आरोप छ ।


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि पहिलो सिनेट बैठक माघ २२ गते काठमाडौमा बसेको थियो । तर, पहिलो बैठकमा दाङसहित राप्तीका कुनै पनि जनप्रतिनिधिहरु उपस्थित नभएको, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि ल्याएको कर्मचारी सम्बन्धी विद्यकमा हाल कार्यरत कर्मचारीहरुको बारेमा कुनै पनि कुरा उल्लेख नभएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरुले असन्तुष्टि जनाएका हुन् ।


राप्ती उपक्षेत्रिय अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जनार्दन पन्थीले सोमबार आफ्नो कार्यकक्षमै पत्रकार सम्मेलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले मनोमानी गर्न थालेको आरोप गराउनुभयो । प्रतिष्ठानको पहिलो सिनेट बैठकबाटै प्रतिष्ठानमा विवाद सुरु भएको छ । दाङमा सञ्चालन हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको काठमाण्डौमा बसेको पहिलो सिनेट बैठकमा दाङबाट कुनै पनि जनप्रतिनिधिहरु सहभागी भएनन् ।
साथै बैठकमा प्रस्तुत गरिएका केहि विधेकहरु निर्माण गर्ने क्रममा जिल्लाका कुनै पनि दलका प्रतिनिधिहरु, जनप्रतिनिधि र राप्ती उपक्षेत्रीय अस्पताललाई प्रतिष्ठान बनाउन खटेर लाग्ने कसैसंग पनि छलफल नगरी उपकुलपति डा. संगीता भण्डारीले मनोमानी निर्णय गर्ने गरेको आरोप छ । पहिलो बैठकमा प्रतिष्ठान सञ्चालन सम्बन्धी बहुवर्षिय योजनाका लागि १३ अर्ब ४५ करोड रुपैयाँको आर्थिक विधेक पास भएको छ भने कर्मचारी सम्बन्धी विधेयक परिमार्जन गरेर पास गर्ने निर्णय भएको थियो ।

त्यसको लागि कर्मचारी सेवा सर्त सम्बन्धी निमयमावलीमा आबस्यक परिमार्जन गरी ७ दिन भित्र सहकुलपति समक्ष प्रस्तुत गर्न स्वास्थ्य सचिबको अध्यक्षतामा समिति गठन गरिए पनि सात दिन विति सक्दा समेत अस्पतालका कुनै पनि कर्मचारीहरु संग छलफल नभएको भन्दै निमित्त मेसु डा. पन्थीले आक्रोस समेत पोख्नुभयो ।
प्रतिष्ठानको उपकुलपति संगीता भण्डारीले ल्याएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि कर्मचारी नियमावलीमा हालका कर्मचारी तथा डाक्टरहरु व्यवस्थापनका विषयमा बोलिएको छैन । उपकुलपति संगीता भण्डारीले स्थानिय सरोकारवाला निकायहरु संग छलफल गर्नुभएको छैन । जिल्लामा नआएरै काठमाण्डौबाटै प्रतिष्ठान एकलौटी रुपमा चलाउन खाजेको कर्मचारीहरुले बताएका छन् ।
उपकुलपतिले आर्थिक विद्ययकमा भने जस्तो बजेट निकासा हुने अबस्था समेत नभएको निमित्त मेसु डा. पन्थीले बताउनुभयो । बैठकमा योजना आयोग र अर्थ मन्त्रालयका समेत कुनै पनि प्रतिनिधित्व नभएका कारण बजेट कस्ले, कहाँबाट दिने भन्ने टुंगो नभएको उहाको भनाई छ । बैठकले बहुवर्षीय योजनाका लागि १३ अर्ब ४५ करोड रुपैयाँ पारित समेत गरेको छ ।

आर्थिक वर्ष २०७४÷७५ का लागि मात्रै ७८ करोड ३३ लाख ८० हजार १ सय ५० रुपैयाँ बजेट पारित भएको थियो । साथै बैठकले प्रतिष्ठान सञ्चालनका लागि घोराहीमा आबस्यक पर्ने पाँच सय विगाह जमिनको साथै दाङ घोराहीमा मुख्य कार्यालय, काठमाण्डौमा सम्पर्क कार्यालयको लागि सरकारी घर वा भवन निर्माण गर्न सरकारी जग्गा उपलब्ध गराउने निर्णय गरीएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१