ताजा अपडेट

तुलसीपुरमा सरसफाई सामग्री वितरण

          |   156 Views   |   Published Date : 13th February 2018 |

images

दाङ, माघ

ग्रामिण खानेपानी तथा सरसफाई कोष विकास समिति(फण्डबोर्ड)को आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का विभिन्न टोल, विद्यालय समुदायमा सरसफाई सामग्री वितरण गरिएको छ ।


जनता क्याम्पस बिजौरी, मावि भित्री संक्राम, मावि कुटेचौर, प्रावि तिनुखोला, मालिका प्रावि भित्री सक्राम, सक्राम सार्वजनिक चौतारी, भित्री सक्राम चोक, कालिका मालिका मन्दिर, वडा कार्यालय, बिजौरी उद्योग वाणिज्य संघ, हाडिमे पीपल डाडा, हाडिमे कुटेचौर चोक, बासगढी सार्वजनिक चौतारी, देविस्थान मन्दिर, रतननाथ मन्दिर, पकर्रे सामुदायीक वनलाई वितरण गरेको छ ।


यस्तै कुटेचौर चौतारी, गाउँघर क्लिनिक सक्राम, भुह्यार थान हाडिमे, स्यालापानी नन्दराम चोक, तोप्पापानी स्वास्थ्य चौकी, स्वास्थ्य इकाई छिल्लीकोट, गाउघर क्लिनीक हाडिमे, आयुर्वेद खोप क्लिनीक, झाडिभर्ने चोक, श्रीचौर सार्वजनिक स्थल, खैरेनी मानपुर कुलो चोकमा सरसफाई सामग्री राखिएको कोषका संयोजक केशरबहादुर पुनले जानकारी दिएका छन् ।

 

त्यसैगरी सरसफाई सचेतना सम्बन्धी होर्डिङ बोर्ड बिजौरी उद्योग वाणिज्य संघ नजिकै राखिने संयोजक पुनले बताए । सरसफाई सम्बन्धी सामग्री र बोर्ड ३० हजारको लागतमा सम्पन्न गरिएको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१