ताजा अपडेट

जखेरा ताललाई पर्यटकिय गन्तब्य बनाइने

          |   117 Views   |   Published Date : 13th February 2018 |

jakherataal

लमही, माघ  । दाङका प्रतिनिधी सभा र प्रदेशसभा सदस्यहरुले लमही नगरपालिका÷३ मा रहेको जखेरा ताललाइ प्रदेश नम्वर ५ कै उत्कृष्ठ वनाउने प्रतिवद्धता जनाएका छन । शिवरात्री पर्वको अवसरमा सोमवार देखि वुधवार सम्म सन्चालन भएको दोस्रो धार्मिक तथा पर्यटन मोहोत्सवको उदघाटन कार्यक्रममा एउटै थलोमा जम्मा भएका सांसदहरुले यस्तो प्रतिवद्धता गरेका हुन् ।


जखेरा ताल संरक्षण समितिको आयोजनामा सुरु भएको ३ दिने धार्मिक तथा पर्यटकिय महोत्सवको उदघाटनमा सहभागि भएका सांसहरुले एउटै प्रतिवद्धता गरे । जखेरा ताल संमरक्षण प्रतिस्ठानका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा सुरु भएको महोत्सवको दाङ क्षेत्र नम्वर २ का प्रतिनिधी सांसद तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री कृष्न वहादुर महराले उदघाटन गरेका छन ।


धार्मिक तथा पर्यटन महोत्सवको उदघाटन गर्दै प्रमुख अथिती महराले जखेराताल प्रदेश नम्वर ५ कै उत्कृष्ठ पर्यटकिय स्थलको रुपमा विकाश गर्ने वताए । महराले जखेरा ताल आफैमा निक्कै रमणीय स्थल राजमार्गको नजिकै भएकोले यसको विकाश गर्न स्थानिय तह , प्रदेश र संघकै ध्यानआर्कशण गराउने वताए ।

लमही नगरपालिकाले गुरु योजना वनाइ यसै आर्थिक वर्षमा रु २० लाख रकम समेत विनियोन गरेकोमा खुसी व्यक्त गर्दै यसको विकाश र प्रवद्धनका लागि ३ वटै तहवाट पहल गरिने वताए । गत वर्ष पनि यसै पहिलो पटक लागेको महोत्सवको उदघाटन गरि त्यस लगतै राजमार्गवाट जखेरा ताल सम्मको १ किलोमिटर ४ मिटर सडक कालोपत्रकोका लागि १ करोड वजेट विनियोजन गरेका थिए ।

तर ५० मिटर मात्र सडक कालोपत्रे भएसंगै उनले विकाश निर्माणमा पार्दशिकता नभएको होकी भन्ने प्रश्न गरे । फरक राजनीतिक प्रशंग उठाउदै महराले केही दिनमै वामपन्थी सरकार वन्ने एवं नेकपा एमाले र माओवादी विचको एकता हुने वताए ।

पछिल्लो सयममा पार्टी एकता हुन्छ वा हुदैन भन्ने टिका टिप्पोडि उठि रहेको वेला पार्टी एकताको विकल्प नभएकोले शंका नर्गन आग्रह गरे । निर्वाचनवाट वाम एकताको म्यान्डेट पाइ सकेकोले अव पछाडी फर्कन नसकिने वताए ।
त्यसै गरि प्रदेश सांसद इन्द्रजित थारुले ५ नम्वर प्रदेशकै उत्कृष्ठ पर्यटकिय स्थलको रुपमा विकाश गर्न प्रदेश र संघमा पहल गर्ने वताए । अर्को प्रदेश सांसद रेवतीरमण शर्माले स्थानियवासी र लमही नगरपालिकाले ठूलो लगानीमा जखेरा तालको स्वस्वरुप फेरियो अझ व्यवस्थीत र ५ नम्वरकै उत्कृष्ठ पर्यटकिय स्थल वनाउन आफू सकिय भूमिका रहने वताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१