ताजा अपडेट

घोराही महोत्सवको तयारी अन्तिम चरणमा

          |   119 Views   |   Published Date : 13th February 2018 |

15995747_1095114167278249_841177199_n

दाङ, माघ  । दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४ आउन केहि दिनमात्र वाकी रहदा महोत्सव स्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।

दाङ उद्योग वाणीज्य संघको आयोजनामा यही फाल्गुन ३ गतेदेखी १३ गतेसम्म घोराहीको कृषि सामाग्री कम्पनीको प्राङगणमा आयोजना गरिने महोत्सवको मञ्च निर्माण, स्टल निमार्ण सचिवालय निमार्ण कार्य अन्तिम चरणमा पुगेको महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसाले जानकारी दिनुभएको छ ।


दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को नारा उद्योग व्यापार, कृषि एवं पर्यटनकोे विकास परनिरभरमुखी अर्थतन्त्रको निकास रहेको छ । महोत्सवका अवसरमा दाङ जिल्लाको आर्थीक विकाससंग सम्वन्धीत अन्तरक्रिया यस क्षेत्रको पर्यटकीय स्थलहरुलाइ अवलोकन गर्न प्याकेजको व्यवस्था, हेलीकप्टरवाट यस क्षेत्रको पर्यटकीय एवं धार्मीक स्थलहरुको अवलोकन, योग शिवीर तथा धार्मीक प्रवचन नेपालको सवैभन्दा होची महिला इश्वरीमाया छिनालसंग प्रत्यक्ष भेट जस्ता कार्यक्रम छन् ।
यस्तै स्थानीयस्तरमा उत्पादीत वस्तुहरुको प्रदर्शनी, थारु मगर, नेवार मुस्लीम, यादव जातीको खानाको परिकार, जातीय पहीचान झल्काउने सास्कृतिक नृत्य तथा झाँकीहरु सास्कृतिक कार्यक्रम स्थानीय तथा चर्चीत राष्ट्रिय कलाकारहरुको प्रस्तुती, विषयगत विज्ञहरुवाट पर्यटन, कृषि, पशुपालन, प्रशोधन, वजारीकरणका विषयमा जानकारी एवं प्रशिक्षण दिइने, खुल्ला वाल कविता प्रतियोगीता, प्रदेशस्तरीय खुल्ला कविता प्रतीयोगीता, प्रदेशस्तरीय खुल्ला गजल प्रतीयोगीता लगाएतका साहित्यीक कार्यक्रमहरुको समेत आयोजना गरिएको छ ।
दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृर्षि प्रर्दशनी २०७४को लक्ष्य करिव ५ लाख दर्शकलाइ महोत्सव तथा प्रदर्शनीस्थलमा प्रत्यक्ष अवलोकन गराउने, एशीयाकै ठुलो उपत्यका दाङ उपत्यकाको प्रचार प्रसारका साथै यसको संरक्षण तथा सम्वद्र्धनमा सवैको ध्यानार्कषण गराउने, सफा सुन्दर एवं हरित दाङ निमार्णका लागि खराव आनीवानी परिवर्तन, सरसफाई अभियान एवं वातावरण संरक्षणका लागि प्रचार प्रसार एवं कोषको निमार्ण गर्ने, दाङ सहित ५ र ६ प्रदेशवाट उत्पादित वस्तुहरुको संकलन तथा विक्रीका लागि काशेलि घरको शुरुवात गर्ने र करिव २० करोड को आर्थिक कारोवार गर्ने रहेको महोत्सव मुलआयोजक समीतीले जनाएको छ ।
महोत्सवको फाल्गुन ३ गते विहान ११ वजे उपराष्ट्रपती नन्दवहादुर पुनले गर्नुहुने भएको छ । महोत्सवको उदघाटनको पहीलो दिन महोत्सव स्थलमा प्रवेश निशुल्क गरिएको छ । अन्य दिन महोत्सव स्थलमा प्रवेश गर्नका लागी ५० रुपैयाको टिकट निर्धारण गरिएको टिकट सरसफाइ खानेपानी तथा प्राथमीक उपचार उपसीतीका संयोजक पिताम्वर शर्माले जानकारी दिनुभएको छ ।

महोत्सवको टिकटमा विद्यार्थीहरुलाइ परिचयपत्रको आधारमा ३० रुपैया शुल्क कायम गरिएको छ । यसैविच साहीत्यीक उपसमीतीका संयोजक माया पोख्रेलको अध्यक्षतामा वसेको वैठकले महोत्सवमा आयोजना गरिने साहीत्यीक कार्यक्रमका लागी रचना माग गर्ने समय थप गरिएको छ ।
रचनाको लागी फाल्गुन ४ गते सम्मको समय थप गरिएको छ । यसैगरी उपसमीतीको कामलाइ चुस्त दुरुस्त वनाउनका लागी संयोजक माया पोख्रेल, सहसंयोजक पुरुषोतम खनाल, सदस्य सचिव शरद अधिकारी खगराज न्यौपाने र शारदा शर्मा रहेको सचिवालय गठन गरिएको छ ।

त्यसअवसरमा सल्लाहकारहरु गिरीराज शर्मा, पदम प्रसाद शर्मा, र गणेश विसम लगाएतले सुझाव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सदस्य सचीव शरद अधिकारीले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१