ताजा अपडेट

घोराही उपमहानगरपालिकाको सामाजिक परिक्षण

          |   101 Views   |   Published Date : 13th February 2018 |

agho

दाङ, माघ  । घोराही उपमहानगरपालिका क्षेत्रका सेबाग्राहीहरुले उपमहानगरपालिकाले प्रबाह गर्ने सेबालाई अधिकतम सरलिकृत गर्न आग्रह गरेका छन् ।


घोराही उपमहानगरपालिकाले आर्थिक बर्ष ०७३÷७४ मा सम्पन्न गरेका कार्यहरुको बिज्ञ समुहले आज सोमबार गरेको सामाजिक परिक्षण बृहत छलफल कार्यक्रममा उपमहानगरपालिकाले सम्पन्न गर्ने बिकास आयोजनामा प्राबिधिक, प्रसासनिक तथा लेखा लगायतका काम र नगरक्षेत्रमा आईपर्ने बाटो निकास लगायतका बिषयमा धेरै भन्दा धेरै सरलिकृत गर्न आग्रह उपमहानगरपालिकालाई गरेका हुन ।


कार्यक्रममा नगरक्षेत्रका सेबाग्राहीहरु बसन्त कुमार अधिकारी, गजेन्द्र सिह खड्का, नबराज अधिकारी, लोक बहादुर बली लगायतका सेबाग्राहीहरुले नगरपालिकाले प्राबिधिक ईष्टमेट समयमै गरिदिनु पर्ने, ईष्टमेट गर्दा बजार मुल्य अनुसारको ईष्टमेट गरिनुपर्ने, योजनको समयमै अनुगमन गरिदिनुपर्ने, लागत सहभागितामा अटेरी गर्नेलाई उपमहानगरपालिकाले दिने सेबा कटौती गर्नुपर्ने लगायतका नितिगत सुझाव दिएका थिए ।
उपमहानगरपालिकाका मेयर, उपमेयर वडाअध्यक्ष ज्युहरु प्राबिधिकहरु तथा सरोकारवाला र सेबाग्राही बिच भएको छलफलमा सामाजिक परिक्षक विज्ञ उप प्राध्यापकद्घय सुदर्शन रिजाल र सन्तोस सुबेदीले आ.ब. ०७३÷७४ मा सम्पन्न गरेका कामले जनसमुदायमा पारेको सामाजिक प्रभाव, सेबा प्रदायक कार्यालयले प्रदान गरेको सेबाको गुणस्तर, सेबा लिदा लागेको समय, कामको प्रभावकारीता, कामको पारदर्शीता, काममा जनसहभागिता, कामको दिगो पना र नगरपालिले गरेका नितिगत निर्णयले पारेको प्रभाव आदी कुराको मापन सूचकका आधारमा प्रस्तुत गरिएको थियो ।
सामाजिक परिक्षण बृहत छलफलमा सेबाग्राहीबाट आएका सुझाव तथा जिज्ञासाको मेयर नरुलाल चौधरी, ईञ्जीनियर रामधन श्रेष्ठ तथा प्रमुख प्रसासकिय अधिकृत ऋषिराम के.सी.ले जबाफ दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षको आसनबाट बोल्दै मेयर नरुलाल चौधरीले आफुहरु उपमहानगरबासीलाई अधिकतम सरल तरिकाले सेबा दिन तयार रहेको भन्दै नगरबासीको चाहनामा बन्ने योजनामा नगरबासीको पनि अधिकतम जनसहभागिता र खबरदारी आबश्यक भएको बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण सूचना अधिकृत प्रेम के.सी.ले गर्नुभएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१