ताजा अपडेट

घोराहीमा नागेश्वर मन्दिर उद्घाटन

          |   108 Views   |   Published Date : 13th February 2018 |

bhup

दाङ, माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिना र फुर्सेखालीको सिमानामा निर्माण गरिएको त्रिमुर्ति नागेश्वर मन्दिरको उद्घाटन गरिएको छ । स्थानीयबासीद्धारा निर्माण गरिएको मन्दिरको नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीले उद्घाटन गर्नुभएको हो ।


मन्दिर निर्माण समितिको अध्यक्ष खड्गबहादुर विष्टको अध्यक्षता एवं कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भएको कार्यक्रममा बोल्दै डाँगीले हिन्दु सनातन धर्मको रक्षाकालागि सबै एक भएर लाग्न अनुरोध गर्नुभयो । स्थानीयबासीहरुको सक्रियतामा मन्दिर निर्माण हुन प्रशंसायोग्य कार्य भएको बताउनुभयो ।


कार्यक्रममा घोराही उपमहानगरािलिका वडा नम्बर १८ का वडा सदस्य कृष्णबहादुर घर्ति, नेपाली कांग्रेसका क्षेत्रीय सचिव बद्रिकुमार खड्का, कांग्रेस वडा नम्बर १८ का सभापति मधुसुदन अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
देवा सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण युवा नेता गणेश वेल्वासेले गर्नुभएको थियो । नाग देखीएपछि स्थानीयबासीले करिब ३ लाखको लगानीमा २ वटा मन्दिर निर्माण गरिएको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१