७१ यात्रु बोकेको रसियाली विमान दुर्घटनाग्रस्त

माघ | रुसमा यात्रु र चालक दलका सदस्य गरी ७१ जना रहेको विमान दुर्घटना भएको छ। मस्कोको डोमोडेडोभो विमानस्थलबाट उडेको सारातोभ एयरलाइन्सको ‘एन १४८’ विमान कजाकिस्तानको सिमानामा दुर्घटनाग्रस्त भएको हो। विमानमा रहेका कोही पनि जीवित हुन नसक्ने रसियाका अधिकारीहरूले बताएको बीबीसीले लेखेको छ। उक्त विमान उडेको केही समयमा नै दुर्घटनामा परेको अधिकारीहरूले जानकारी दिएका छन्। अर्गुनोभो शहरबाट ८० किलोमिटर टाढा रुसको राजधानीको दक्षिण-पूर्वमा उक्त विमान दुर्घटनाग्रस्त भएको थियो। विमानले रनवे छोडेको ५ मिनेटपछि नै राडारबाट सम्बन्धविच्छेद भएको विमानको गतिविधि नियाल्ने साइटले ट्विट गरेको छ। उक्त विमान आइतबार मध्याह्न दुर्घटनाग्रस्त भएको हो। Facebook Comments