रोकामाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग
दीपक जी.एम
दाङ, माघ २९ । दाङ निर्माण व्यवसायी संघका महासचिव सोकबहादुर रोका माथि भएको सांघातिक आक्रमणको दाङ निर्माण व्यवसायी संघले भ्रत्र्सना गरेको छ ।
संघका अध्यक्ष बलिभद्र रानाले आइतेबार विज्ञप्ति जारी गरी संघका महासचिव रोका माथि आक्रमण गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्नु भएको छ । संघका अध्यक्ष रानाले आक्रमणमा सम्लग्न सबैलाई कानूनी कारबाही गरी पीडितलाई न्यायको अनुभूति दिलाउन समेत प्रहरी प्रशासनसँग अनुरोध गर्नुभएको छ ।
संघका महासचिव रोका माथि शुक्रवार साँझ एक समूहले आक्रमण गरेको थियो । भिंग्रेलि चोकस्थित म्याङगो गार्डेनबाट साथीहरुसँग खाजा खाएर निस्किने समयमा पाँच जनाको समुहले रोका माथि सांघातिक आक्रमण गरेको थियो । होटलबाट सँझको साढे आठ बजेतिर गाड़ीमा सवार भएर जानेक्रममा पाँंच जनाको समूहले गाड़ी रोकेर हतियार देखाएर धम्क्याउँदै प्रहार गरको घाइते रोकाको भनाई छ ।
उहाँको अहिले कोहलपुरमा उपचार भइरहेको छ । घाइते रोकाको टाउकोमा गम्भीरचोट लागेको र अवस्था गम्भीर रहेको बुझिएको छ । रोकाको टाउकोमा १९ वटा टाँका लागेको छ । सोक्रममा हतियार देखाएर गाडीमा सवार अन्य साथीहरुलाई मौन बस्न बाध्य बनाएको घाइते रोकाले जानकारी दिनुभयो ।
खुकुरी प्हारपछि अस्पताल लग्नेक्रममा टिप्पर व्यवसायी समितिका उपाध्यक्ष बिमलमान श्रेष्ठ तथा सदस्य रमेश थापा बसेको गाडी पनि सोही समूहले पुनः ढुंगामुढा गरी गाडी समेत तोडफोड गरेको पीडितहरुको भनाइ छ । यसैबीच कुटपीटको आरोपमा प्रहरीले घटनापछि तत्कालै ट्राफिकको ओलीहोटल नजिकैबाट केशव नेपाली, अभिमन्यु गिरी र गोविन्द जिशीलाई पक्राउ गरेको छ ।
यस विषयमा दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहचन्दले अभियुक्तहरु प्रहरीको नियन्त्रणमा आइसकेको र तीनजनालाई ज्यानमार्ने उद्योग अन्तगर्त मुद्दा चलाइएको बताउनुभयो । अन्य संलग्न भनिएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।



Leave a comment